पदभार ग्रहण गरिसक्दापनि मुख्य मन्त्रीको निवासमा टुङ्गो लागेन

कैलाली, ७ फागुन । प्रदेश ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले ५ गते नै पदभार ग्रहण गरेपनि निवासको टुङ्गो अझै पनि लागेको छैन् ।

मुख्य मन्त्रीको निवासका लागि धनगढीका विभिन्न सरकारी कार्यालयको निरिक्षण भएपनि मुख्य मन्त्री भट्टले निवास अत्तरिया माग गरेपछि निवास निश्चित हुन नसकेको हो ।

अतरियाका केहि निजी घरहरु मुख्य मन्त्रीका लागि हेरिएपनि अझै निश्चित नभएको प्रदेश नम्बर ७ का प्रदेश सचिव लक्ष्मीराम पौड्लले बताए ।

मुख्य मन्त्री भट्टले गाँउ तथा पहाड तिरका जनताको माग अनुसार निवास अतरिया माग गरेपछि अहिले अतरियामा निवास खोज्ने काम भएको पौड्ललेको भनाई छ ।