प्रजातन्त्र दिवस मनाईयो
कैलाली, ७ फागुन । जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी प्रदेश नम्बर ७ मा पनि मनाईएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा बोल्दै प्रदेश नम्बर ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले सहिदहरुको बलिदान बाट नै देश अहिले नयाँ सघिय ब्यवस्थामा गएको बताए । शहिदहरुले जनताको अधिकार र मुक्तिकालागि जिवनको आहुति दिएका कारण सवै मिलेर देशमा आर्थिक सम्वृद्धि गनुपर्ने बताए ।
समावेशी गणतन्त्र नेपाल, धर्मनिरपेक्ष लगायतका अधिकार महान सहिदको योगदानबाट सम्भव भएको उनको भनाई थियो ।
सिंहदबारको अधिकार जनताको घरदैलोमा पुगेका कारण जनतको भावना भन्दा माथि उठेर सवैले काम गर्नुपर्ने मुख्य मन्त्री भट्टले बताए । उनले नेपालमा ३ वटै तहका निर्वाचन सम्पन्न भएका कारण सहिदको सम्मानका लागि संविधान कार्यावन्य आवश्यक रहेको बताए ।
देशमा लामो समय देखि स्थाई सरकार निर्माण नभएका कारण संविधानमा अधिकार सुनिश्चित भएपनि ब्यवहारमा लागु नभएको उनको भनाई छ ।
त्यसै गरि सभामुख अर्जुन बहादुर थापाले देशमा राजनैतिक क्रान्ति पुरा भएको बताउदै आर्थिक क्रान्ति गर्न बाँकी रहेको बताए । उनले जनताले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जाहेर गर्दै अबको क्रान्ति आर्थिक क्रान्ति हुन जरुरी रहेको बताए ।













