प्रदेश ७ का सात मन्त्री, कुन मन्त्रालय कसले समाल्ने ?

प्रदेश नं. ७ का सात मन्त्री आईतबार पदभार ग्रहण गरी मन्त्रालय समाल्ने औपचरिकता पाएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्ट

मुख्यमन्त्री त्रिलोचन भट्टसंगै अन्य ६ मन्त्री क्रमशः आन्तरिक मामिला तथाकानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री दीर्घ सोराडी, आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरालाई पदभार ग्रहण गरी मन्त्रालय समाल्ने औपचरिकता पाएका हुन् ।

सामाजिक विकास मन्त्री दीर्घ सोराडी

त्यसै गरि भौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिंह बोहोरा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले समाल्ने जिम्मेवारी पाएका छन् ।

कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी

५३ सदस्यीय प्रदेश सभा रहेको यस प्रदेशमा संविधानको धारा १६८ (९) अनुसार ११ जनासम्मको मन्त्रिपरिषद बनाउन मिल्ने भए पनि सानो आकारको मन्त्रीमण्डल बनाउने बाम गठबन्धनका बीचमा भएअनुसार सात सदस्यीय मात्रै बनाइएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट

सहमति अनुसार मुख्यमन्त्री माओवादीको भाग परेपछि प्रदेश मन्त्रीमण्डलमा एमालेका चार र माओवादीका तीन मन्त्री छन् ।

आन्तरिक मामिला तथाकानुन मन्त्री प्रकाश शाह

 

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरा

भौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिंह बोहोरा