प्रधानमन्त्री ओलीको निर्देशनमा हेमन्त ओली गिरफ्तार
काठमाडौं, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन सहभागी भइरहेको बेला प्रहरीले नेता सुदर्शनसहित पोलिट्ब्यूरो सदस्य पदम राईसहित ७ जनालाई गिरफ्तार गरेको छ ।
प्रहरीले सम्मेलनमा हस्तक्षेप गरेको छ । आइतबार विराटनगरमा सम्मेलन सुरु हुन लाग्दा प्रहरीले हस्तक्षेप गरेको नेकपाले जनाएको छ ।
सम्मेलनको उद्घाटन गर्न कार्यक्रम स्थलमा पुगेका नेता सुदर्शन र राईलाई गिरफ्तार गरेको हो ।
बिराटनगरकोको राजवंशी चोकबाट उनिहरूलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा नगरे गाउँगाउँबाट एमालेका नेता–कार्यकर्ता लखेट्ने नेकपाले चेतावनी दिएको छ ।
प्रहरीले नेकपा उच्च तहका नेतालाई गिरफ्तार गरेको यो पहिलो हो ।













