माओवादीबाट विनिता चौधरी बनिन् प्रदेश ७ मा मन्त्री

कैलाली, ६ फागुन । माओवादीले प्रदेश ७ को मुख्यमन्त्रीमा थारु समुदायका ब्यक्ति नराखेपनि एक जना मन्त्रीको जिम्मेवारी दिएको छ। कैलालीकी समानुपातिक सांसद विनिता चौधरीलाई भूमि व्यवस्थापन, कृषी तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएको छ। चौधरीले आजै शपथ लिएकी छन्। उनीसँगै सात सदस्यीय सरकार गठन भएको छ।

माओवादीबाट मुख्यमन्त्री बनेका भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसामू पद तथा गोपनियताको सपथ लिएका हुन्। लगतै ६ मन्त्रीले शपथ लिएका थिए। जसमा एमालेबाट चार र माओवादीबाट दुई मन्त्री बनेका हुन्।

एमाले संसदीय दलका नेता प्रकाश शाह प्रदेश सरकारमा गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्री बनेका छन् । माओवादीका झपट बोहराले अर्थ (आर्थिक तथा योजना) मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै पठानसिंह बोहरा, भौतिक पुर्वाधार तथा योजना, दीर्घ सोडारी सामाजिक विकास, माया भट्ट उद्योग पर्यटन वन तथा बातावरण मन्त्री बनेका छन् ।