प्रदेश नं. ७ को मुख्यमन्त्री भट्टको शपथग्रहण साँझ ५ बजे सारियो

कैलाली, ५ फागुन । आज प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको दिउसो ३ बजे शपथग्रहण साँझ ५ बजे सारिएको छ । प्रदेश ७ का प्रमुख मोहनराज मल्लले आफ्नै कार्यकक्षमा उनलार्इ पद तथा गोपनीयताको शपथ गराउँदैछन् ।

भट्ट बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भट्टलाई ३५ जना सांसदको समर्थन छ ।