प्रदेश प्रमुखको निवास अझै अनिश्चित

कैलाली, ४ फागुन । प्रदेश ७ का मुख्य मन्त्री त्रिलोचन भट्टको सपथ ग्रहण भोलि दिउँसो तिन बजे हुने निश्चित भएपनि उनको निवासको अझै टुङगो लागेको छैन् ।

केहि दिनदेखि मुख्य मन्त्रीको निवासकालागी धनगढीका विभिन्न सरकारी कार्यालयको निरिक्षण भएपनि मुख्य मन्त्री भट्टले निवास अत्तरिया माग गरेपछि निवासको टुङगो नलागेको हो ।

अतरियाका केहि निजी घरहरु मुख्य मन्त्रीका लागि हेरिएपनि अझै निश्चित नभएको प्रदेश नम्बर ७ का प्रदेश सचिव लक्ष्मीराम पौड्लले बताए । मुख्य मन्त्री भट्टले गाँउ तथा पहाड तिरका जनताको माग अनुसार निवास अतरिया माग गरेपछि अहिले अतरियामा निवास खोज्ने काम भएको पौड्ललेको भनाई छ ।

मुख्य मन्त्रीको सपथ ग्रहण कार्यक्रम भोलि ३ बजे हुने भएपनि पदभार ग्रहण भन्ने भोलि शनिबार भएका कारण पर्सि मात्र हुने पौड्लले जानकारी दिए । उनले मुख्य मन्त्रीको स्वागतका लागि कार्यालयमा तयारी त्रिव पारिएको बताए । मुख्य मन्त्री संगै अन्य मन्त्रीको समेत सपथ हुन सक्ने भएका कारण त्यहि अनुसार ब्यवस्था भईरहेको पौड्लले बताए ।

मुख्य मन्त्रीको सपथ ग्रहणका लागी प्रदेश प्रमुखको कार्यालयले समेत तयारी त्रिव पारिएको प्रदेश प्रमुखको कार्यालयका उपसचिव हिरालाल चौधरीले जानकारी दिए । भोलि दिउँसो हुने सपथ ग्रहण कार्यक्रमका लागी आन्तरिक तयारी पुरा भएको बताए । मुख्य मन्त्री संगै प्रदेश नम्बर ७ मा अन्य ३ मन्त्रीहरुको समेत सपथ ग्रहण हुने सम्भावना रहेको छ ।