तथ्य विनाको लेखाई प्रोपोकाण्ड मात्र होः भट्ट

कैलाली, १ फागुन । नव निर्वाचित प्रतिनीधि सांसद लेखराज भट्टले तथ्य विनाको लेखाई प्रोपोकाण्ड मात्र रहेको बताएका छन् ।

सातौं विश्व रेडियो दिवसको अवसरमा ब्रोडकास्टिङ अफ नेपाल (बान) ले सोमबार आयोजना गरेको संघियता संस्थागतका लागि स्थानीय रेडियोको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।

उनले पछिल्लो चरणमा केही मिडिया हाउसले सामाजिक सञ्जाललाई सामाचारको स्रोत बनाई तथ्य विनाको सामाचारहरु प्रकाशन तथा प्रशारण गरिरहेको तर्क दिए । प्रोपोकाण्ड मच्चाएको सामाचारले त्यो व्याक्तिलाई कत्तिको असर गरिरहेका हुन्छ भन्ने कुराको ख्याल गर्न सच्चा पत्रकारो धर्म रहेको भट्टको भनाई थियो ।

उनले प्रदेश नं. ७ का मिडिया हाउसले यहाँको विकासलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सुझाब सहितको विश्लेषण गर्न जरुरी रहेको बताउदै प्रदेश नं. ७ को आर्थिक स्रोतको व्यवस्थापनको लागि मिडिया हाउसले बहसको वातावरणको सृर्जन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख मोहनराज मल्लले संघिय राज्यलाई व्यवस्थित गर्न जतिल चुनौती हुदा हुदै पनि यसलाई सबैले अवसरको रुपमा लिन आग्रह गरे ।

उनले संघिय राज्यले निर्माण गरेको नीति, कानुन सबैले सहि तरिकाले पालना गरे संघिय राज्य सञ्चालनमा सफलता हुने बताए ।

उनले जनताले अपेक्षा गरे अनुरुप विकासको कामलाई व्यवस्थापन गर्न सबैको हातेमालो आवश्यक रहेको बताए ।

कार्यक्रममा कैलाली, कञ्चनपुर, बैतडी, इटहरी, झापा, ईलाम, पोखरा लगायत ठाँउबाट रेडियो सञ्चालकहरुको प्रतिनीधित्व रहेको थियो ।