आज २३ औं जनयुद्ध दिवस

कैलाली, १ फागुन । तत्कालीन माओवादी जनयुद्ध लडेका विभिन्न पार्टीमा विभाजित माओवादीहरुले विभिन्न कार्यक्रम गरी देशैभर जनयुद्ध दिवस मनाउँदैछन् ।

२२ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको थियो ।

दिवसका अवसरमा नेकपाले आज देश भरि नै कार्यक्रम गर्दै छ । त्यसै अवसरमा कैलालीमा अन्तरक्रिया कार्यक्रमसंगै रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ ।