एमालेबाट तीन जना थारु महिला समानुपातिक सांसद
नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ थारु समुदायबाट तीन जना थारु महिला छनौट गरेको छ। पूर्वसांसद शान्ता चौधरी, गंगा सत्गंवा थारु र लक्ष्मीकुमारी चौधरीलाई एमालेले थारुको महिला कोटातर्फ छनौट गरेको हो। पुरुषतर्फ भने कुनै थारु समुदायका कोही परेनन्।
शान्ता पहिलो संविधासभामा समानुपातिक सांसद थिइन् भने गंगा दोस्रो संविधानसभामा थरुहट तराई पार्टी नेपालबाट समानुपातिक सांसद् थिइन्। उनी थरुहटबाट नयाँ शक्ति हुँदै चुनावको मुखमा एमाले प्रवेश गरेकी थिइन्। शान्ता र गंगा दुबै दाङ जिल्लाका हुन्। कैलालीकी लक्ष्मी भने पहिलोपटक माननीय बनेकी हुन्।













