प्रदेश नम्बर सातको सम्वृद्धिको आधार उर्जा
कैलाली, २७ माघ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको दशौं केन्द्रीय सभाले प्रदेश नम्बर ७ लाई आर्थिक रुपमा समुन्नत बनाउँन यस क्षेत्रमा १० देखि १५ मेघावट सम्मको एउटा जविद्युत आयोजन निर्माण गर्न सरकार संग जोडदार माग गरेको छ ।

हिजोदेखि शुरु भएको दशांै केन्द्रिय सभाले जलविद्युतमा आत्मनिर्भर, उपलब्धिको रक्षा, संस्था र कर्मचारीहरुको समुन्नत भविष्य आजको आवश्यकता भन्ने उद्घोषका साथ २९ वुदे प्रस्तावहरु प्नि परीत गरेको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले बताए ।
उनले अन्य प्रदेशको तुलनामा ७ नम्बर प्रदेशमा अर्थात जलस्रोत भएका कारण अर्जा क्षेत्र बाट यस प्रदेशले आर्थिक रुपमा आमुल परिर्वतन गर्न बताए । दशौ केन्द्रिय सभाले भोटेकोसि र माथिल्लो त्रिशुलि १ को विद्युत खरिद समत रद गर्न सरकार संग आग्रह गरे ।
प्रदेश नम्बर ७ को विकासका लागी कम लागत तथा छोटो समयमा १० मेघावटको अपरचमेलिया जलविद्युत आयोजना निर्माण गर्न यस क्षेत्रका जनता, विद्युत प्राधिकरण र कर्मचारीको लगानी हुनुपर्न उर्जा विद् रामप्रसाद रिमालले बताए ।
देशलाई आर्थीक रुपमा वलियो बनाउन उर्जा क्षेत्रमा लगानी गनुको विकल्प नभएको रिमालले बताए । प्रदेश नम्बर ७ मा रहेका पंञ्चेश्वर परियोजना, कर्णाली र परिश्चम सेती बाट मात्र उर्जा उत्पादन गर्न सके प्रदेश नम्बर ७ मात्र नभई समग्र राष्ट्र फाइदा हुने रिमालको भनाई छ ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष जय बहादुर सिंहले प्रदेश नम्बर ७ को सम्वृद्धिको मुख्या आधार यस क्षेत्रको पानी रहेको बताए । उनले यस क्षेत्रका राजनितीज्ञहरुले उर्जा क्षेत्रका विज्ञहरु संग समन्वयन गरी अगाडी बढ्नुको विकल्प नभएको बताए ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको दशौ केन्द्रिय सभामा देश भरबाट ५ सय ७५ जना प्रतिनिधी तथा पर्यवेक्षकको सहभागिता रहेको थियो ।













