महिला स्वास्थ्य स्वयमसेविकालाई स्मार्ट फोन वितरण
लम्की, २५ माघ । स्थानीय स्तरमा निशुल्क रुपले सेवा दिदै आईरहेका महिला स्वास्थय स्वयसेविकालाई जानकी गाउपालिकाले स्मार्ट फोन वितरण गरेको छ ।
गाउँपालिकाले ११ जना स्वयमसेवीकालाई १ लाखा २१ हजार बजेट विनियोजन गरी स्यमसुङ्ग जे टु मोबाइल खरिद गरि वितरण गरेको हो ।
स्वास्थय स्वायमसेवीकालाई काम गर्न सजिलो होस भनि मोबवाईल वितरण गरेको जानकी गाउपालिकका वडा अध्यक्ष खकेन्द्र भण्डारीले बताए ।
२०६० सालदेखी महिला स्वास्थय स्वयमसेवीका भएर काम गर्दै जाँदा विभिन्न बाधा अबरोध को सामना गर्नु पर्ने स्वयमसेविकाहरुको भनाई थियो ।













