प्रदेश ७ को पहिलो संसद बैठक बसियो

कैलाली, २१ माघ । प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक सुरु भएको छ। बैठकलाई सभामुखको रुपमा दिव्यश्वरी शाहले अध्यक्षता गरेकी छन्।

बैठकको सुरुमा प्रदेश प्रमुखले बैठक आव्हानका लागि पठाएको पत्र पढेर सुनाइएको छ। प्रदेश ७ को दोस्रो कार्यसूचीमा अधिवेशन सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि पास गर्ने बताइएको छ ।

त्यसपछि प्रदेशसभामा राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व गर्ने एक एक सदस्यले मन्तव्य राख्ने कार्यक्रम रहेको छ। प्रदेश ७ को संसदमा नेकपा एमालेका २५, माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राजपाका २ जना सांसद रहेका छन्।