धार्मिक स्थलको संरक्षणकालागि सरसफाई
कैलाली, २० माघ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको एभरेष्ट एकेडेमी र मानाङ्कं बचत तथा ऋिण सहकारी संस्था अत्तरियाको संयुक्त आयोजनामा शनिवार गोदावरीमा रहेका धार्मिक स्थलहरुमा सरसफाई गरिएकोे छ ।
गोदावरी नगरपालिका वडा नम्बर ४ गोदावरी स्थित गोदावरी कुम्भ क्षेत्र, शिव मन्दिर, बौद्ध गुम्बा , हनुमान मन्दिर, बनदेवी मन्दिर र नदि क्षेत्रमा सरसफाई गरेको छ ।
सरसफाई कार्यक्रममा एभरेष्ट ऐकेडेमीका १ सय ५० जना बिद्यार्थी, ४० जना शिक्षक शिक्षिक, नेपाल मानव सेवा धर्म समिती, शसस्त्र प्रहरी बल र जेसिज अत्तरियाका पदाधीकारीहरुको सहभागीतामा रहेको थियो ।
सरसफाई कार्यक्रमका संयोजक चन्द्र बहादुर बिष्टले सरसफाई सम्बन्धी जनचेतना जगाउने र धार्मिक एवम् पर्यटकिय क्षेत्रहरुको संरक्षण गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको बताए ।
एभरेष्ट एकेडेमीका संचालक सदस्य हरिदत्त भट्टराईले कार्यक्रमले अन्य व्यक्ति वा संस्थाहरुलाई उत्प्रेरणा मिल्ने बताए । साथै उनले धार्मिक एवम् पर्यटकीय स्थल सफा राखे मात्र त्यसको महत्व हुने र पर्यटकहरुलाई आकर्षण गर्न सहज हुने बताए ।
कार्यक्रममा आयोजकले गोदावरीधाम विकास समितीलाई ४, शिव मन्दिरलाई ४, वनदेवी मन्दिरलाई २, बौद्ध गुम्बालाई १, हनुमान मन्दिरलाई १ गरि जम्मा १२ फोहर जम्मा गर्ने भाँडा (डस्टबिन) बितरण गरेको छ ।













