डब्लूडब्लूजेको नयाँ कार्यसमिति चयन

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को अध्यक्षमा अमिका राजथला निर्विरोध चयन भएकी छन् । डब्लुडब्लुजेको बिहीबार काठमाडौँमा सम्पन्न ५ औँ महाधिवेशनले राजथलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा निर्मला आचार्य, महासचिवमा रामकला खड्का, सचिवमा रमिता लामा र कोषाध्यक्षमा रुक्मिणी पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा संगीता लामा, चन्दा बिष्ट, सोनी शर्मा, दुर्गा अधिकारी र दिपा आले चयन भएका छन् । महाधिवेशनले प्रदेश १ को संयोजकमा गंगा बराल, प्रदेश २ को संयोजकमा निर्मला दाहाल, प्रदेश ३ को संयोजकमा सरिता श्रेष्ठ, प्रदेश ५ को संयोजकमा लीला शाह र प्रदेश ६ को संयोजकमा तीला भण्डारी सर्वसम्मत चयन गरेको छ ।