प्रदेश सभाको वैठककालागी ४ जना कर्मचारी धनगढीमा
कैलाली, १७ माघ । प्रदेश नम्बर ७ को पहिलो प्रदेश सभा वैठककालागि सह–सचिव मुरारी महत्तको नेतृत्वमा उप–सचिव झलक सापकोटा, कम्पुटर अधिकृत जगदिश न्यौपाने र प्राविधीक श्रीधर गोलाल धनगढी आएका छन् ।
उनीहरुको टोलिले जिल्लामा रहेका अन्य कर्मचारीलाई प्रदेश सभा वैठक सम्बन्धी तालिम दिने सह–सचिव मुरारी महत्तले बताए । उनले देश नयाँ सघिय संरचनामा गएका कारण पुर्वधार तयारी नै अहिलेको मुख्य चुनौति रहेको बताए । प्रदेश सभाको कार्यविधी अनुसार भोलिदेखि काम शुरु हुने जानकारी दिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले प्रदेश नम्बर ७ मा सात वटा मन्त्रालयका लागी आवश्यक पर्न भौतिक पुर्वधारको तयारी भईरहेको बताए ।
उनले तत्काल प्रदेश संसदका लागी आवश्यक पर्न २७ जना कर्मचारीको ब्यवस्थापन भईरहेको तथा अन्य मन्त्रालयका लागी आवश्यक पर्न कर्मचारीका लागि सामान्य प्रशासन मन्त्रालयसंग पहल भईरहेको बताए ।
जिल्ला समन्वय समिति कैलालीको सभाहलमा प्रदेश सभा बस्दै छ । साँघुरो सभाहललाई अहिले रंगरोगन गर्ने, ब्लक निर्माण गर्ने, भुइँमा ढलान गर्ने, कम्पाउन्ड वाल निर्माण गर्नेलगायतका काम भइरहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीका प्रमुख रबिन्द्र बोहराले बताए ।
प्रदेश सभाको निर्माणका लागी ५ जना ठेक्दारलाई छुटाछुट्ै काम दिइएको बोहराले बताए । उनले अन्य मन्त्रालयका भवनको मर्मतका लागि आज देखि ७ दिने सुचना प्रकाशित गरेको जानकारी दिए ।
प्रदेश नम्बर ७ मा भौतिक पूर्वाधार व्यवस्थापन गर्न सम्बन्धित निकायलाई हम्मे परेको छ । सबै प्रक्रिया नयाँ थालनी गर्नुपर्ने भएकाले प्रदेश सभा बैठकदेखि सरकारी कार्यालय र कर्मचारी ब्यवस्थापन गर्ने सम्मका काममा कर्मचारी नै अलमलमा परेका छन् ।













