सडकमा ओर्लियो नेकपा, जनजागरण अभियान शुरु

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टीको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियान सुरु भएको छ ।

उपत्यका ब्यूरोले आयोजना गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य आजाद केसी, मकर गुरुङले राष्ट्रियता, जनजीविकाप्रति सरकार गैरजिम्मेवार भएको बताएका थिए ।

त्यसैगरी अनेम संघ क्रान्तिकारीकी महासचिव धिरिन्द्रा उपाध्याया अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने अस्तव्यस्त विकासले राजधानीबासी धुँवा र धोलोले जनता हैरानी हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै तत्काल रोक्न माग गरेका थिए ।

अभियानको क्रममा भारतले हस्तक्षेप गरेको सीमासम्म पुग्‍ने बताइएको छ ।

अभियानसँगै पार्टी संगठनलाई सुदृढ गर्ने, विस्तारका साथै जनवर्गिय संगठनहरुका भेला सम्मेलन गर्ने नेकपाका नेताहरुले बताएका छन् ।