पार्टी एकिकरण र सरकार निर्माण संगसंगै हुने– प्रचण्ड

कैलाली, १५ माघ । माओवादी केन्दका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले पार्टी एकिकरण र सरकार निर्माणका काम संगसंगै अगाडी बढ्ने बताएका छन् ।

कैलालीको भजनी नगरपालिकामा आयोजित भजनी महोत्सवको उद्घाटन शत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेसंग पार्टी एकिकरण तथा सरकार निर्माणसंगै अघि बढ्ने बताए ।

अध्यक्ष प्रचण्डले प्रदेश र प्रतिनिधी सभाको निर्वाचनबाट बाम गठबन्धनलाई जनताले बहुमत दिएका कारण अब बन्ने स्थीर सरकारबाट विकास निर्माणको काम फड्को मार्न बताए ।

निर्वाचनको सयममा जनताका विचमा बाम गठबन्धले लिएको चुनावी एजेण्डा पुरा गर्न बाम गठबन्धन तयार भएको बताउदै अध्यRemove featured imageक्ष प्रचण्डले कैलालीको मध्यवर्तित क्षेत्रमा रहेको भजनी नगरपालिका कृषि योग्य भुमिलाई कृषि क्षेत्रको विकासका लगि अब बने बहुमतको सहकारले विशेष कार्यक्रमको प्याकेज बनाउने बताए ।

उनले कैलालीको सवै भन्दा पुरानो नाका भजनी भएको भन्दै त्यसको स्तरउन्तीमा विशेष ध्यान दिने बताए साथै प्रचण्डले भजनी नगरपालिका भित्र रहेका प्राकृतिक ताल तलैयाको उचित ब्यवस्थापन गरी त्यस क्षेत्रमा पर्यटन ब्यवसायलाई प्रर्वद्धन गर्न सकिने बताए ।

भजनी महोत्सवको उद्घाटनमा आएका प्रचण्डलाई भजनी उद्योग वाणिज्य संघ र भजनी नगरपालिकाले १५ वटा माग सहितको ज्ञापन पत्र वुझाएका छन् । प्रचण्डले आजै भजनी नगरपालिकाको भवनको सिलान्यास समेत गरेका छन् । हेलिकप्टरमा आएका प्रचण्ड मौसम खराबीका कारण धेरै बेर महोत्सव स्थलमा नबसि काठमाडौं फर्केका छन् ।