प्रदेश नम्बर ७ को मुख्यमन्त्री माओवादी केन्द्रलाई

कैलाली, १४ माघ । नेकपा एमाले र माओवादी केन्द्र प्रदेशको मुख्यमन्त्रीको भागबन्डाको टुंगो लगाएको छ ।

दुबै दलका नेताहरु सहभागी भएको कार्यदलले ६ वटै प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको हो ।

नेताहरुको अनुसार १,३ ४ र ५ एमाले र ६ र ७ को मुख्यन्त्री माकेलाई दिने सहमति भएको छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भएको थियो ।

दुबै अध्यक्षबीच भएको सहमतिअनुसार कार्यदलले पद बाँडफाँड गरेको हो ।