फुटपाथ ब्यापारीबाट छ लेन सडक निर्माणमा अवरोध

कैलाली, १४ माघ । सडकको छेउँछाउँमा राखेर गरिने फुटपाथ ब्यापारबाट धनगढीको चौराह क्षेत्रमा निर्माण भईरहेको मोहना–अतरिया छ लेन सड्क निर्माणमा अरोध भएको भन्दै आयोजनाले धनगढी उपमहानगरपालिका संग सडकमा राखिएका ठेलाहरु हटाइदिन आग्रह गरेको छ ।

मोहना–अतरिया सडक आयोजना निर्माणका क्रममा केहि समय पहिले खाली गरिएका ठेलाहरु पुर्न सडकमा आएपछि काममा अवरोध भएको हो । ठेला ब्यवसायीहरुले भन्ने नगरपालिकाले फुटपाथ ब्यवसायका लागी तोकिएको स्थान मर्मत भईरहेका कारण केहि दिन सडकमै ब्यापार गर्ने पाउँनुपर्ने माग राखिेका छन् । धनगढी उपमाहागरपालिले भन्ने एक २ दिनमै ठेलाहरु हटाउने जनाएको छ ।

मोहना–अतरिया छ लेन सडक आयोजनाका इन्जिनियर सुलभ भट्टले सडकमा राखिएका ठेलाहरुका कारण माटो फिलिङ तथा नाली निर्माणमा अवरोध भएको बताए । उनले सडकमा ठेलाहरु राखिएका कारण सडकको नाप नक्साङकनमा समेत समस्या हुदै आएको जानकारी दिए ।

माटो हालेर दबाई सकेको सडमा नास्ता पसल, तरकारी पसल लगायत बाट आउँने फोहरका कारण पुन खनेर मिलाउनु पर्ने हो भन्ने चिन्ता रहेको उनको भनाई छ । भट्टले सडक छेउछाउमा रहेका ठेलाहरु तत्काल हटाउँन उपमहानगरपालिका संग आग्रह गरेका छन् ।

ठेला ब्यवसायीहरुले भन्ने धनगढी उपमहानगरपालिकाले दैनिक २० रुपैया लेवी उठाउँदै आएपनि त्यो अनुरुपको ब्यवस्था नगरिदिएको बताए । उनिहरुले नगरपालिकाले तोकेको अस्थाई हाट बजारमा अहिले मर्मत भईरहेका कारण केहि दिन पछि मात्र उक्त स्थानमा जाने बताएका छन् ।

धनगढी उपमहानगरपालिकाले भन्ने सडकमा राखिएका ठेलाहरुको उचित ब्यवस्थापनका लागी धनगढीको चौराहमा रहेको साल्टेडिङको खाली जमिनमा फुटपाथ ब्यापारीका लागी ठाउँ तोकिदिएको जनाएको छ ।धनगढी उपमहानगरपालिका प्रवक्ता सन्तोस मुडभरीले सडकमा रहेका ठेला ब्यवसायीलाई एक २ दिन भित्र खाली गर्न बताए । पहिले सडक छेउँछाउँमा बसेका फुटपाथ ब्यापारी हटाएर चोराहमा रहेको साल्टेडिङको खाली जमिनमा राखिएपनि पुन सडकमा आउनु दुखद भएको बताए ।

प्रदशे नम्बर ७ को मेरुदण्डका रुपमा निर्माण भईरहेको अतरिया–मोहना छ लेन सडक निर्माणमा कुनै पनि बहानामा कसैले पनि अवरोध सृजना गनु पक्कै पनि राम्रो होइन् । त्यसैले सम्बन्धीत पक्षका मागहरु लाई छलफलका माध्यम बाट समाधान गरी विकास निर्माणको काम लाई तिव्रता दिन जरुरी छ ।