गाई बचाउ अभियानमा सहयोगी दाता सार्वजनिक, संकलित रकम सदुपयोग गर्न नगरपालिकासंग हातेमालो

कैलाली, १३, माघ । दिनेश एफएमले केही महिना अगाडीदेखि चलाएको गाइ बचाउ अभियानमा दुई लाख चार हजार चार सय छियालिस रुपैया संकलन भएको सार्वजनिक गरेको छ ।

शनिबार दिनेश एफएमले आफ्नै प्राङ्गनमा सहयागी दाता पत्रकार र बुद्धिजिविसंग छलफल गर्दै सहयोगी दाताको नाम सार्वजनिक गरि रेडियो मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।

कार्यक्रममा लक्ष्मी नरायण मन्दिरका १००८ स्वामी देवराज अर्चायले गाई बचाउ अभियानमा आफू पुर्ण समर्थन रहेको बताउदै दुध दिउन जेल गाई पाल्ने र दुध दिन छोडेपछि छाडा छोड्ने जो कोही व्याक्तिलाई स्थानीय सरकारले कर्बाही गर्ने सिस्टम बसाल्नु पर्ने बताए ।

उनले आफ्नो गौशलामा पनि छाडा छोडेको धेरै गाईलाई राखेको जानकारी दिदै एक्लै उनीहरुको व्यवस्थापन गर्न गाह्रो हुने गरेको बताए । समुहमा बोल्न जति सजिलो छ त्यो भन्दा कयौ गुण व्यवहारमा उत्तार्न गाह्रो हुने गरेको बताउदै स्वामीले भने ‘गाई स्याहार्ने कामदार पाउन एकदमै गाह्रो छ । तर हामीसंग ४० जना शिश्यहरु फुर्सदको समयमा गाई स्याहारिरहेकोले अलिक सजिलो भएको हो ।’

नगरपालिकाले नगर क्षेत्र भित्र गौशला बनाएर राम्रो कामको सुरुवाट गरेको प्रशंसा गर्दै त्यो गौशलालाई व्यवस्थित गर्न सबै मनदेखि लाग्न जरुरी रहेको बताए । उनले गौशलालाई व्यवस्थित गर्न सके गाईबाटै आर्थिकरुपले सबल बन्न सक्ने सम्भावना रहेको बताए ।

स्वामीले भारतको उदाहरण दिदै गाईको गौमुत्र, गोवर, दुध दहीबाट धेरै मान्छे व्यावसाहिक रुपले बलियो बन्न सक्ने बताए ।

त्यसै गरी एड्जस नेपालका चित्रा पनेरुले छाडा चौपायालाई व्यवस्थित गर्न सम्भावना रहेको बताए । उनले नगरपालिकाले आफूले जनता माझ जाहेर गरेको प्रतिवद्धताहरु पुरा गरि प्रत्येक गाईलाई पहिचान ट्याग लगाए छाडा चौपाया आफै रोकिन सक्ने तर्क दिईन् ।

उनले ट्याग लगाइएको गाई छाडा छोडेको पाइएमा नगरपालिकाले तुरुन्त कदम चाले चौपाया छाडा छोड्ने क्रम आफै रोकिन सक्ने बताइन् ।

त्यसै गरी नागरिक दैनिकका दिलबहादुर छट्यालले संकलित रकम नगर पालिकासंग हातेमालो गरि सदुपयोग गर्न सुझाब दिए । उनले सहयोगी दाताहरु रकम संकलन गर्ने मात्र नभएर नगरपालिकालाई घचघचयाउदै अभियानलाई अगाडी बढाउनु पर्ने बताए ।

त्यसै गरी एभिन्यूजका व्यूरो प्रमुख हिकमत रावलले पत्रकारको भूमिका सामाचार लेख्ने मात्र नभएर साकारात्मक सामाजिक कामप्रति जवाफदेही भएर लाग्नुुपर्ने बताए ।

कार्यक्रममा गाई बचाउ अभियानलाई ५ हजार भन्दा बढी रकम दिएर सहयोग गर्ने दातालाई स्वामी १००८ बाट सम्मान गरिएको थियो ।