निर्माण नसकिदै नाली भत्कियो

कैलाली, १२ माघ । सघन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण सुरु गरिएका १९ वटा सडकहरुमध्ये प्याकेज नम्वर ८ अन्तर्गत मट्यारी वेला सडकको केही भाग नाली भत्किएपछि स्थानीय वासिन्दा आक्रोसित बनेका छन् ।

जाली विजुलीया मट्यारी ढुंगे वजार, पिपल चौतारा जाली मट्यारी वेला र तुलसी चोक भगवती टोल कैलाली गाउँ गरी ४ वटा सडकहरुलाई पिएस एडभेन्सर रोयल जेभीले ९ करोड ९० लाखमा ठेक्का सम्झौता गरेर नाली निमार्णको काम गरिरहेको छ ।
नाली निमार्ण गरिरहेको निर्माण कम्पनीले प्राविधिक गल्तीका कारण निर्माणधिन नाली भत्किएको स्वीकार गदै आगमी दिनमा त्यस्ता गल्ती नहुने जनाएको छ ।

पिएस एडभेन्सर रोयल जेभीले ९ करोड ९० लाखको ठेक्कामा ३ बर्ष भित्र नाली सहित सडक निर्माण गर्न सम्झौता गरेर नाली निमार्णको काम गरिरहेको छ । जस अन्र्तरगत पिपल चौतारा जाली मट्यारी वेला सडकमा निर्माण भईरहेको नाली भत्किएको मटीयारीका स्थानीय कविन्द्र जोशीले बताए ।

उनले निर्माण कम्पनीको लापरबार्हिका कारण नाली निर्माणको कार्य सम्पन्न नहुदै भत्किएको बताए । नाली निर्माण गरेर निर्माण कम्पनीले लामो सडक खण्ड भएका कारण वोरिङ मार्फत पानी हाल्ने क्रममा जाली मट्यारी वेला सडकको केही भाग नाली भत्किएको हो । निर्माण हुने क्रममै नाली भत्किएपछि स्थानीय वासिन्दा आक्रोसित भएका छन ।

स्थानीय विष्णा शाहीले गुणस्तरीय रुपमा निर्माणको काम गर्न निर्माण कम्पनीलाई खवरदारी समेत गरिन् । उनले निर्माण भएको केहि समयमा नै नाली भत्किएपछि अन्य नालीमा समेत संका गर्न ठाउँ रहेको बताइन् ।

२०७६ सालको असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी चार सडकको एक प्याकेजमा काम गरिरहेको निर्माण कम्पनीले नाली भत्किएको स्थानमा प्राविधिक गल्ती भएको स्वीकार गरेको छ ।

नाली निर्माणका क्रममा निर्माण गरिरहेका मजदुरहरुले वढी माटो भरान गरेका कारण र भौगोलिक अवस्था नवुझेका कारण समस्या आएको स्थानीय वासिन्दा तथा निर्माण व्यवसायी टेकबहादुर मल्लले बताए ।

उनले निर्माणका क्रममा भत्किएको नालीले अन्य काम गर्नका लागी पाठ सिकाएको जानकारी दिए । देश नयाँ संघिय ब्यवस्थामा गईसकेपछि पछिल्लो समय विकास निर्माणका कामले केहि गति लिएका छ ।

तर छिटो छिटो काम गर्न प्रवृति तथा कमसल सामाग्री प्रयोग गरेर निर्माण गरिएका भौतिक संरचना निर्माण कार्य नसकिदै भत्किन थालेपछि त्यसले स्थानियमा भन्ने निरासा छाएको छ । त्यसैले सम्बन्धीत निकायको ध्यान त्यसतर्फ जान जरुरी छ ।