भलमन्सा छनौटका लागी निर्वाचन

कैलाली, १२ माघ । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्मा गाउँको उत्तरटोलमा भलमन्सा छनौटका लागी निर्वाचन भएको छ । १ सय १२ घरधुरी रहेको उक्त टोलमा रामगोपाल राना ५० मत ल्यायर चौथौ पकट भलमन्सामा निर्वाचित बनेका छन् ।

भलमन्साका लागी रामगोपाल राना, नन्दलाल राना, रामलाल राना, श्यामी राना र लालचन्द्र राना गरी ५ जनाले उम्मेदवारी दिएका थिए ।भलमन्साका लागी बढी ब्यक्ति इच्छुक भएका कारण लोकतान्त्रिक प्रद्धतिमा गएर निर्वाचन गरेको वडा कार्यालय उर्माले जनाएको छ । माघी पर्व सकिए लग्तै राना तथा चौधरी समुदायमा गाउँघरको उगुवा छनौट गर्न प्ररम्परा बमोजिम प्रत्येक बर्ष सहमतीका आधारमा भलमन्सा छनौट हुदै आएपनि यस पटक गाउँका बढी ब्यक्ति इच्छुक देखिएका कारण निर्वाचन भएको वडा अध्यक्ष फुलराम चौधरीले बताए ।

उनले भलमन्सा छनौटका लागी केहि दिन देखि सहमतीको प्रयास भएपनि सहमती नजुट्दाँ निर्वाचन गनुपरेको बताए । लोकतान्त्रिक प्रद्धतिबाट उत्तरटोलले सक्षम ब्यक्ति चुनेका कारण टोलको विकासमा सहयोग पुग्ने अध्यक्ष चौधरीको भनाई छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्माको उत्तर टोलमा भलमन्सामा निर्वाचित भएका रामगोपाल रानाले टोलको सुधारका लागी आफुले लामो समय देखि काम गदै आएका कारण यस पटक पनि इच्छा देखाएको बताए ।

भलमन्सामा चौथौ पटक अनुभब लिइरहेका रानाले देश नयाँ सघिय सरचनामा गईसकेपछि टोलको विकासका लागी आफु पुन भलमन्सा भएको जानकारी दिए ।

सधै सहमतीका आधरमा टोलमा भलमन्सा छनौट गदै आएका उर्मा उत्तरटोलका स्थानीयले भन्ने प्रतिस्पधाका आधारमा भलमन्सा छनौट हुदाँ गाउँमा मनमुटावको भावना बढ्नेमा संका ब्यक्त गरेका छन् ।

लोकतान्त्रिक प्रक्रियाबाट गाउँको अगुवा छनौट गर्न काम सकारात्मक भएपनि यसले दिर्घकालिन प्रभाब पार्न चिन्ता उनिहरुमा रहेको छ । उनिहरुले निर्वाचन गईसकेपछि हारजित जेभएपनि टोलको विकासका लागी सवैले मिलेर जानु पर्ने बताएका छन् ।

आधुनिकता संगै संघिय संरचनाको प्रभाबले प्रम्पराग रुपमा समाजमा चल्दै आएका केहि प्ररम्पराहरुमा नयाँ अभ्यास हुनु सकारात्मक पक्ष हो । तर आधुनिकता संगै नयाँ पुस्तामा देखिएको तरङगले कतै पुराना पुस्ताले अंगाल्दै आएको प्ररम्परा ओझेलमा पर्ने त होइन भन्ने चिन्ता बुढापाकामा देखिएको छ ।