‘दुर्घटना न्यूनिकरण गर्न चालक मात्र नभई सबै जिम्मेवार हुन पर्छ’
कैलाली, १० माघ । सुदूरपश्चिम यातायात ब्यवसायी संघ र क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अतरियाले दुर्घटना न्युनिकरण तथा प्रशिक्षण केन्द्रको उद्घाटन शत्रमा मजदुरहरुले यातायत दुर्घटनाको मुख्य कारण चालम मात्र नभएको बताएका छन् । सडक दुर्घटना हुनुमा बस र ट्रक चालक मात्र दाषी नभई मोटरसाइकल, साइकल र पैदल यात्रुको पनि कमि कमजोरी हुने गरेको यातायत मजदुर संघका संदस्य प्रकास बलमे बताए ।

उनले सवारी साधन चलाउनु अघि र दुर्घटना पछि ट्राफिक प्रहरीले गर्ने ब्यवहारका कारण समेत दुर्घटना न्युनिकरण नभएको बताए । सरकारले समेत ट्राफिक सम्बन्धी जनचेतना प्रदान गर्न एक देखि १० कक्षा सम्मको पाठ्यपुस्तकमा समावेश गनुपर्न उनको भनाई छ ।
स्वतन्त्र नेपाल मजदुर संघका सदस्य निर्मल मिश्रले कुनै पनि दुर्घटनामा चालक लाई मात्र दोष देखाउनु भन्दा पहिले सवारी दुर्घटना सम्बन्धी छानविन हुनुपर्न बताए । उनले दुर्घटनाको कारण नै पत्ता नलगाई चालक लाई मात्र दोष देखाउनु गलत भएको बताए । दुर्घटना न्युनिकरणका लागी सड्कको अवस्था हेरी होडिङबोड राख्नु पर्न माग राखे ।
दुर्घटनाको एक कारण सडक र प्राकुतिक विपती संगै चालक नै मुख्य दाषी रहेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अतरियाका ट्राफिक प्रहरी प्रमुख योगेन्द्र पालले बताए । उनले चालकहरुले ट्राफिक प्रहरीको आँखा छलेर क्षमता भन्दा बढी यात्रु बोकेका कारण अहिले सम्म बढी दुर्घटना भएको बताए । उनले कुनै पनि सवारीलाई कानुनको दायरामा रहेरनै कारबार्हि गरेको दावी गरे ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द्र प्रसाद रिजालले सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक प्रहरी र सवारी चालक दुवै जिम्मेवारी बन्नुपर्ने बताए । उनले २० बर्ष पुराना सवारी साधन समेत विस्थापित गनुपर्ने जानकारी दिए ।
सवारी दुर्घटना कम गर्न कुनै एक पक्षमात्रै लागेर हुँदैन, यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोग आवश्यक पर्ने प्रदेश नम्बर सातका प्रहरी प्रमुख माधव नेपालले बताए । उनले प्रहरीको ब्यवहारका कारण हुने दुर्घटना न्यनिकरणका लागी पहल गर्ने बताए । प्रदेश नम्बर ७ को अतरियामा ४ वटै ठाउँबाट आउने यातायतका साधनलाई इन्ट्री गर्न उनको भनाई छ । ट्राफिक प्रहरीको काम राजश्व संकलन गर्न नभई सवारी ब्यवस्थापन तथा दुर्घटना न्युनिकरण गर्न काम रहेको प्रहरी प्रमुख नेपालले बताए ।
नेपालमा दुर्घटना हुने मुख्य कारण सडक, साधन र चालक भएको विभिन्न पक्षयले दावी गरेपनि सुदृढिकरणमा कसैको ध्यान गएको छैन । यदि यी अवस्थाहरु ठीक छन् भने दुर्घटना कम हुन सक्छ र ठीक छैन भने सवारी दुर्घटना बढी हुने गर्छ । त्यसैले दुर्घटना कम गर्नका लागी तीनवटा कुरामा ध्यान दिन जरुरी छ ।













