हिमपातसँगै सुदूरपश्चिमको पहाडी जिल्ला प्रभावित
बैतडी, १० माघ । हिमपात भएसँगै बढेको चिसोले सुदूरपश्चिमका जनजीवन प्रभावित भएको छ । मौसमीे परिवर्तनका कारण सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाहरुमा हिमपात भएको छ ।

बैतडीको खोडपे, सतबाँझ लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको बताइएको छ । त्यस्तै दार्चुलाका उत्तरी क्षेत्रका सबै स्थानमा हिमपात भएको र अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, टिङकर लगायतका ठाउँमा हिमपात भएको छ ।
चिसोबाटै बच्नका लागि दार्चुलाका उच्च हिमाली क्षेत्रका धेरैजसो बासिन्दा दुई महिना अघि नै सदरमुकाम खलङ्गा झरिसकेका छन् ।
डडेल्धुराको सदमुकाम लगायत भिमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टे लगायतका स्थानमा हिमपात भएको छ ।
झाङको जयपृथ्वी नगरपालिका पणेश क्षेत्र, धामीलेख, पीठालेख, दौलीचौर, सुर्मा, काँडा लगायतका क्षेत्रमा पनि हिमपात भएको छ ।
हिजो रातिदेखि पानी पर्न सुरु भए पनि हिमपात भने आज बिहानमात्र भएको हो । लेकाली भेगमा भने हिमपात जारी छ ।अछामको पनि उच्च हिमाली क्षेत्रमा हिमपात भएको बताइएको छ ।
बाजुराको बडिमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकामा र त्रिवेणी नगरपालिकाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको र बर्षासँगै हिउँ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरु खुसी भएको बताईन्छ ।













