भैरवनाथ गणमा दुई छोरा गुमाएकी आमाको नाम काटेपछि नेता समरको मुखमा सबैले ‘थुके’

काठमाडौँ, १० माघ। माओवादी केन्द्रका नेता तथा प्रदेश नम्बर १ का संयोजक सावित्री कुमार काफ्ले ‘समर’को सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ । संयोजक समरले भैरवनाथ गणमा दुई छोरा गुमाएकी चन्द्रकुमारी बस्नेतको नाम काटेर आफ्नी श्रीमती विना पोखरेललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएका हुन् ।

सामाजिक संजाल प्रयोगकर्ताहरुले नेता समरको उक्त कार्यको चर्को विरोध गर्दै निर्णय सच्चाउन माग गरेका छन् ।

कतिपयले सहिदकी आमालाई अपमान गरेको भन्दै ‘थुक्क कुकर’ भन्दै आलोचना गरेका छन् । चन्द्र श्रेष्ठ र केशव राजपोखरेलले संयोजक समरलाई ‘कुकर’ भन्दै ‘थुक्क’ भनेका छन् । त्यसैगरी योगश भट्टराईले पनि संयोजक समरको कार्यलाई ‘थुक्क’ भनेका छन् ।

त्यसैगरी टाइगर जी नाम गरेका व्यक्तिले फेसबुकमा लेखेका छन्, “जनयुद्धमा दुईओटा छोरा गुमाएकी आमालाई राष्ट्रिय सभाको उम्मेदवारी हुन नदिएर आफ्नी श्रीमतीको नाम हाल्नुको अर्थ हो नेपालमा गणतन्त्र आएको होइन कि फेरि राणा सशान आएको हो । यो बारेमा अरुले के भन्नुहुन्छ । तर, म चाहीँ राणा शासन दोहोरिएको संज्ञा दिन्छ ।”

मगर सरिताले फेसबुकमा भनेकी छन्, “पहिले त प्रचण्डले नाता गोतालार्य भागबन्डा गर्यो भनेर वैद्य भएको थियो, अहिले फेरि आफूले नातावाद र कृपावादाको सिद्धान्तभित्रै रहेको देखिन्छ । तँ खै परिवर्तन भएर आएको रु मुखमा नै थुक्क भुस्याहा कुकुर ।”

त्यस्तै खड्ग आङ्बुहाङ लिम्बुले निर्णय फिर्ता गरी सहिद आमालाई उम्मेदवार घोषणा गर्नुपर्छ भनेका छन् । फ्रिडम लामाले संयोजक समरले पार्टीको अतिस्तत्व मेटाउन लागेको बताएका छन् । केशव राजपोखरेलले त संयोजक समरको निर्णयको विरोध गर्दै हार्दिक श्रद्धाञ्जली नै भनेका छन् ।

त्यस्तै सहदेवराज गिरीले सहिद आमाले पैसा नदिएकोले उम्मेदवारी नदिएको बताएका छन् । प्रकाश रेग्मीले भने व्यवस्थालाई दोष दिएका छन् । उनले संसदीय व्यवस्थामा त्यस्तै हो भन्दै सहिदको अपमान गर्ने व्यवस्थालाई मूर्दावाद भनेका छन् । यी प्रतिनिधि मात्रै हुन् ।

राष्ट्रिय सभा सदस्य उम्मेदवारको लागि प्रदेश नम्बर १ बाट सिफारिस भएकी चन्द्रकुमारी बस्नेतका माइलो छोरा पुष्प र कान्छो छोरा धिरेन्द्र बस्नेतलाई तत्कालिन शाही सेनाको भैरवनाथ गणले बेपत्ता पारेको थियो ।

संयोजक समर प्रचण्डले नातावाद गरे भन्दै पार्टी विभाजनमा वैद्यतिर लागेका थिए । बादल समूहसँगै पुनः माओवादी केन्द्रमा फर्केका थिए ।