सात नम्बर प्रदेशका ५३ मध्ये ५१ जना सांसदले सपथ ग्रहण गरे

कैलाली, ७ माघ । प्रदेश नम्बर सात का ५३ जना सासद मध्ये ५१ जनाले प्रदेश ससदका जेष्ठ सदस्य दिब्यश्वरी शाहबाट आज शपथ ग्रहण लिएका छन् ।

सपथ ग्रहण कार्यक्रम विहान ११ बजे गर्ने भनिएपनि दिउसो ३ बजेमात्रै भएको हो । प्रदेश प्रमुख र प्रदेश सासद ढिलो गरि धनगढी पुगेपछि सपथ ग्रहण कार्यक्रम केही ढिला भएको हो ।

शपथ ग्रहण स्थल ब्यवस्थापन नमिल्दा तथा सानो भएका कारण शपथ ग्रहणस्थलमा केहि समस्या भएको थियो ।
सात नम्बर प्रदेशमा प्रत्यक्षतर्फ निर्वाचित ३१ तथा समानुपातिबाट चुनिएका २० गरि ५३ जना प्रदेश सासदले अस्थायी राजधानी तोकिएको कैलालीको धनगढीमा रहेको जिल्ला समन्वय समितिको हलमा आज एक भव्य समारोहकाविच पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

५३ सांसद मध्ये कैलालीबाट एमालेको कोटाबाट समानुपातिक सासद बनेकी चुन कुमारी चौधरी र डोटी प्रदेश सभा क का सासद भरत खडका उपस्थित भएनन् । सात नम्बर प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले संसदका जेष्ठ सदस्य कांग्रेस समानुपातिकबाट सांसद बनेकी ७४ वर्षीया दिव्यश्वरी शाहलाई शपथ गराएका हुन् ।

प्रदेश प्रमुख मल्लले जेष्ठ सदस्य शाहलाई सपथ गराएपछि शाहले अन्य ५० जना प्रदेश सासदलाई सपथ ग्रहण गराएकी थिइन् । सपथ ग्रहण कार्यक्रममा दुई जना सासद भने उपस्थित भएनन् । उनिहरु काठमाण्डौमा रहेको र मौसमका कारण प्लेन धनगढी आउन नसकेपछि सपथ ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेको जनाईएको छ ।

सपथ ग्रहण कार्यक्रम विहान ११ बजे गर्ने भनिएपनि दिउसो ३ बजेमात्रै भएको हो । प्रदेश प्रमुख र प्रदेश सासद ढिलो गरि धनगढी पुगेपछि सपथ ग्रहण कार्यक्रम केही ढिला भएको हो ।

सपथ ग्रहण स्थल जिल्ला समन्वय समितीको सभा हल साँघुरो भएका कारण शपथ ग्रहण कार्यक्रममा आएका पत्रकार र केहि पर्यवेक्षकहरु लाई त्यस क्षेत्रको दुश्य छायाँकलन गर्न समस्या भएको थियो । देश नयाँ संघीय संरचना गइसकेपछि नेपालको इतिहासमा आज भएको सपथ ग्रहण एउटा नयाँ र पहिलो प्रयोग हो ।

आजका दिनदेखि प्रदेशहरुको गठन र कार्य औपचारिकरुपमा सुरु भएको छ । प्रदेशका सांसदहरुले सपथ प्रहण गरसगै प्रदेशसभाको बैठक बस्ने, प्रदेशका सभामुख चयन गर्ने, मुख्यमन्त्री र मन्त्रीहरुको चयन हुने, विभिन्न विधेयकहरु पारित हुने लगायतका कामहरु अगाडि बढ्नका लागि बाटो खुलेको छ । तर, यी प्रक्रियाहरु पूरा गर्न र विशेष गरी मुख्यमन्त्री चयन र प्रदेश सरकार गठनका लागि अझै केही साता लाग्ने छ ।

कानुनको अधिनमा रहि काम गर्नेः मोहनराज मल्ल

प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले कानुनको दायरामा रहि प्रदेश नम्बर ७ को विकासका लागी समन्यनकारी भुमिका निर्वाह गर्न बताएका छन् ।

प्रदेश नम्बर सातमा प्रदेश प्रमुखको जिम्मेवारी पाएपछि पदभार कार्यक्रम पछि पत्रकार संग कुरा गदै प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधान २०७२ ले निर्देशन गरेको कानुन बमोजिम रहेर काम गर्न बताए ।

उनले यस क्षेत्रको विकासका लागी मुख्य मन्त्रीको सहयोगिका रुपमा काम गर्न जानकारी दिए । प्रदेश नम्बर ७ सम्भावना बोकेकको क्षेत्र भएका कारण सवै संग सहकार्य गरी अगाडी अगाडी बढ्ने उनको भनाई छ ।

प्रदेश प्रमुख मल्लले राजनैतिक जिवनमा अहिले पाएको सफलता र सरकारले दिएको जिम्मेवारी प्रति सरकारलाई धन्यवाद दिएका छन् । उनले मौसम खराबका कारण सडक यात्रा भएर आएपनि बाटोमा कुनै दुख नभएको बताए । केन्द्रमा राष्ट्रिपतिले निर्वाह गर्न भुमिका जस्तै आफुले यस क्षेत्रमा काम गर्न जानकारी दिए ।

काठमाण्डौ बाट पदैल यात्रा हुदै धनगढी आएका प्रदेश प्रमुख मोहनराज मल्ल विहान पौउने १ निवासमा पुगेका उनि करिब २ बजे मात्र पदभार ग्रहणका लागी घरेलु कार्यालयमा रहेको सचिवालयमा पुगेका थिए । प्रदेश प्रमुख मल्ललाई नेपाली सेनाको एक टुकरीले प्रदेश कार्यालयमा सलाम दिएको थियो । त्यसपछि प्रदेश प्रमुख मल्ल जिल्ला समन्वय समितीको सभाहलमा गई शपथ ग्रहण कार्यक्रममा सहभागि भएका थिए ।