माघी महोत्सवको तयारी अन्तिम चरणमा

कैलाली, ७ माघ । कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ मजगाउँको थारु संग्राहलयको प्राङ्गणमा माघ ८, ९ र १० गते हुने माघी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

थारु समुदायको भेषभूषा, कला, संस्कृति र पहिचान जोगाउन तीन दिने माघी महोत्सवको आयोजना गर्न लागेको सल्हकार माधब चौधरीले जानकारी दिए ।

उनले महोत्सवको मुख्य आकर्षक पुरानो थारु घर, थारु कला संस्कृति हस्तकलाका विभिन्न सामग्रीहरुको प्रदर्शनी रहने जानकारी दिदै महोत्सवकोलागि सबै तयारी पुरा भईसकेको बताए ।

उनले महोत्सवमा थारु परिकार, चिया नास्ता, खाजाको ५ वटा स्टल र कोपिला सामुदायिक आईपीएम स्रोत केन्द्र गोदावरी न.पा मजगाउँ, जैविक विषदी प्रईकोड्रमा उत्पादन केन्द्रको एउटा स्टल बुकिंङ भईसकेको जनाए ।

महोत्सवको उद्घाटन नव निर्वाचित क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य लेखराज भट्टले गर्ने तय गरिएको आयोजकले जनाएको छ ।