तेश्रो राष्ट्रिय थारु साहित्यिक मेला ९ बुँदे घोषणपत्र जारी

तेश्रो राष्ट्रिय थारु साहित्यिक मेला १० बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिको को बढैयातलमा भएको साहित्यिक मेलाले घोषणा पत्रमा भाषा, साहित्य विकासको लागि गठित नेपाल प्रज्ञाप्रतिष्ठान लगायत सरकारी निकायहरुमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व र नेपालको संविधानले व्यवस्था गरेबमोजिम थारु भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन माग गरिएको छ ।

मेलाले थारु भाषाको मानकताको लागि सबै भाषप्रेमी, लेखक, प्रकाशक र सम्पादकहरु एकतावद्ध भएर काम गर्ने, थारु मातृभाषा शिक्षाको लागि विद्यमान संवैधानिक र कानुनी प्रावधानको व्यवहारिक कार्यान्वयनको लागि सम्बन्धित निकायलाई दवाव दिने ।

बढैयाटाललाई सिमसार पर्यटकीय स्थल बनाउन साहित्यको माध्यमबाट योगदान गर्ने सहित १० बुँदे घोषणा पत्र जारी गरेको छ ।
थारु भाषा, कला, साहित्य, संस्कृति र परम्परा आफैमा सम्बृद्ध रहेको हुँदा स्थानीय तह देखि प्रादेशिक तहसम्म मान्यता दिनुपर्ने आफूहरुको माग रहेको मेला संयोजन कर्मशील नेपालका अध्यक्ष शुसिल चौधरीले बताउनु भयो । माघ ४ गते देखि शुरु साहित्यिक मेला तीन दिनसम्म विभिन्न विषयमा छलफल पछि घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।

थारु भाषा, साहित्य, कला संस्कृति प्रवद्र्धनमा योगदान पु¥याउने । समकालीन साहित्य, कला तथा संस्कृतिबारे बहस तथा विमर्श गर्ने । लेखक तथा श्रष्टाहरु र सरोकारवालाहरुबीच सुमधुर सम्बन्ध स्थापित गर्ने । थारु भाषा लेखनमा मानकताको विकास गर्ने । समाजको समविकासबारे बहस छेड्ने उद्देश्यले गरिएको थारु लेखक संघका अध्यक्ष कृष्ण सर्वारीले बताए ।

साहित्यिक मेलामा लोकसाहित्य, कला र दर्शन तथा आख्यान र आख्यानकार वार्ता, थारु रङ्गमञ्चको अवस्था र भावी बाटो ः समीक्षात्मक टिप्पणी, थारु महिला लेखक तथा नेतृत्वको अवस्था , थारु भाषा सराकारी कामकाजको भाषाको रुपमा प्रयोग, चुनौति र सम्भावना, बर्दिया विकास बहस, स्थानीय विकासमा बडघरहरुको भूमिका, रेडियोमा थारु भाषाका कार्यक्रमः समालोचनात्मक दृष्टि बारेमा बहस छलफल भएको थियो ।

३ दिनसम्म चलेको मेलामा पूर्व मेचीदेखि पश्चिम कञ्चनपुर र छिमेकी राष्ट्र भारतका समेत गरी सयौं थारु भाषा, साहित्य कला र संस्कृतिका विज्ञहरुको उपस्थिति रहेको थियो ।