टौखेल सामुदायिक विकास समाजमा बास्कोटा

काठमाडौं, ५ माघ । नागार्जुन ६ स्थित टौखेल सामुदायिक विकास समाजको प्रथम अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिबेशनबाट सुजन प्रसाद बास्कोटा अध्यक्षमा चयन भएका छन् ।

त्यसै गरी उपाध्यक्ष, कविता गिरी, सचिव कुमार बलामी, कोषाध्यक्ष रविना पौडेल, सह सचिव संजिव गिरी चयन भएका छन् । त्यस्तै सदस्यमा रञ्जन दाहाल, कल्याणी दाहाल, सुलोचना पौडेल, बिधाता सेवक शर्मा सर्वसहमत चयन भएका हुन ।

अधिबेशनलाई सम्बोधन गर्दै समाजका प्रमुख सल्लाहकार समाजसेवी हरीहर खनालले निर्वाचित सम्पूर्णलाई बधाई दिदै कार्यकालको सफलताको कमना व्याक्त गरेका थिए ।

अधिवेशनमा संस्थापक अध्यक्ष विवेक कुमार दाहाल, सल्लाहकार उद्धव दाहालले शुभ कामना मन्तव्य व्याक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष बास्कोटाले समाजको पहलमा टौखेल स्थित ज्योती प्रा.वि. नजिक निर्माणाधिन सामुदायिक भवनको बाँकी काम पुरा गर्ने प्रतिबद्धता ब्याक्त गरे ।