प्रदेश नं. ७ को प्रदेश प्रमुख मल्ल नियूक्त

कैलाली, ३ माघ । मन्त्रिपरिषद्को बुधबारको बैठकले सातै प्रदेशमा प्रदेश प्रमुखहरु तोकेको छ ।जसमा प्रदेश नं. ७ को प्रदेश प्रमुख मोहनराज मल्ल नियुक्त भएका छन् ।

प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।