एक आपसमा बस ठोक्किदा १९ जना घाईते, ५ जनाको अवस्था चिन्ताजनक

कैलाली, २९ पुस । कैलालीको लम्कीमा दुई वटा बस एक आपसमा ठोकिदा १९ जना घाईते भएका छन् । वाक्लो हुस्सुका कारण लम्की चुहा नगरपालिका वडा नम्वर ६ गुलरामा दुर्घटना भएको हो ।

पुर्ववाट आउँदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको नारायणी यातायातको ना ७ ख २४६ नम्वरको बस शनिवार विहान ८ बजे एक आपसमा ठोकिदा १९ जना घाईते भएका हुन ।

५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुवै वसका चालकका खुट्टा भाचिएका छन । सुप यातायातका चालक दिनेश वोहोरा नारायण यातायातका चालक प्रेम श्रेष्ठ सहित यात्रुहरु गौतम थारु दिप प्रभात रन्जु खड्काको अवस्था गम्भीर भएका कारण पाँचै जनालाई कोहलपुर रेफर गरिएको छ ।

अन्य घाईतेहरुको लम्कीमा उपचार भईरहेको र केही घाईतेहरुलाई अझ रेफर गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।