संंस्कृतिको जर्गेनासंगै आर्थिकरुपले बलियो बन्दै थारु होमस्टेका महिला

कैलाली, २१ पुस । कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँमा थारु होमस्टे गाउँ भादा महोत्सव सञ्चालन भईरहेको छ । जुन होमस्टेमा विगत सात वर्षदेखि महोत्सव सञ्चालन भईरहेको छ ।

विशुद्ध थारु समुदायको बसोबास रहेको गाउँ भादा होमस्टेका महिलाहरु तीन वर्ष अगाडी अर्थात २०७१ सालमा जुलि महिला कृषक समुह दर्ता गरि संस्कृति जर्गेनातिर उन्मुख भएका छन् । उनीहरु समुह बनाएर मासिक बैठक गरि आर्थिक संकलन तथा कोष खडा गरि बचत गर्ने बानी पनि बसालिसकेका छन् ।

समुहका अध्यक्ष श्याम सुन्दरी चौधरीले भनिन् ‘हामी हरेक वर्ष महोत्सवमा स्टल राख्छौं, हाम्रो स्टलमा थारु समुदायमा प्रख्यात खानाको परिकार जस्तैः परम्परागत तथा जैविक खानपानको रुपमा ढिक्री, खरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझझरा, कचरीक बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिद्रा, महुँवाको रक्सी, निघारलगायत रहेको छ ।’

उनी अघिल्लो वर्ष पनि यसैगरि स्टल राखेको बताउदै महोत्सव भरिमा ६० हजार नाफा कमाएको बताउदै यो वर्ष पनि त्यसैको हाराहारी नाफा कमाउने लक्ष्ये राखेको बताईन् ।

उनले महोत्सवमा आएका ग्रहाकहरुलाई मुसाको मासु चखाउन खेतमा गएर गाह्रो गरि खोज तलास गर्ने गरेको बताईन् । साथै भारतको तालबाट घोघी खोजेर ल्याउने गरेको उनले बताइन् ।

उनले जुली महिला कृषक समुहमा हाल ३ लाख रुपैया बचत रहेको बताउदै सो रकम अप्थ्यारो परेकोबेला समुह भित्रकै सदस्यहरुलाई मासिक १ रुपैया व्याजमा पैसा लगानी गर्ने गरेको बताईन् ।

उनले समुहका सदस्यहरु थारु समुदायका हरेक वस्तुस्थिति, चालचलनको संरक्षण तथा प्रवद्र्धनको प्रयासमा जुटेको बताए।’

वि.स. २०६८ सालमा थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति विधिवत दर्ता गरी स्थानीयहरु रैथाने कला, संस्कृति, भेषभुषा र खानपानको संरक्षण तथा सम्वद्र्धनमा जुटेका हुन् ।

होमस्टेले थारु सांस्कृतिक झाँकीको रुपमा सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की, मुङग्रहुवा, गुरुवा, सजना, मैना, ढमार, बर्कीमार, लग्नी, कठमैया, विरहनी गीतको जर्गेना गर्दै आईरहेको छ