पुष्पाले जितिन स्वर्ण पदक

सुनसरी, १९ पुस । नेपालकी पुष्पा श्रेष्ठले इटहरीमा जारी अन्तर्राष्ट्रिय ओपन फे्रण्डशिप तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् ।

इटहरी रंगशालास्थित कर्भडहलमा सोमबार भएको च्याम्पियनसिपमा पुष्पाले महिला ३७ केजी तौल समूहमा नेपालकी अनुजा परियालाई पराजीत गर्दै स्वर्ण पदक जितेकी हुन् ।

पहिलो दिनको खेलमा महिला ३५ केजी तौल समूहमा नेपालकी सावित्रा तामाङ, ४६ केजीमा नेपालकी सिमोन सुनुवारले स्वर्ण जितेका छन् ।
महिला २९ केजीमा भारतकी नयना ताराले स्वर्ण जितिन । त्यसैगरी पुम्सेतर्फ नेपालकी पुनम देवकोटा, सिंहा लिम्बु, सुस्मिता तामाङ, रविन गुरुङ, निशा दरनालले स्वर्ण जितेको आइओएफटीसीका प्रतियोगिता डाइरेक्टर दिवाकर महर्जनले बताए ।

च्याम्पियनसिपमा नेपाल लगायत अमेरिका, क्यानडा, भारत, बंगलादेशलगायत १२ देशको सहभागीता रहेको छ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले गरे ।