थारु राष्ट्रिय माघि महोत्सव एकै ठाँउ गर्ने थाकसको निर्णय

काठमाडौं, १८ पुस । थारु कल्याणकारिणी सभाले राजधानीमा मनाउने राष्ट्रिय माघी महोत्सवको संयोजन लिने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठक बसी राष्ट्रिय माघी महोत्सव २०७४ एकै ठाउँमा मनाउने निर्णय गरेको थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीले जानकारी दिए।
त्यसका लागि केन्द्रीय समितिले आइतबार सबै संघसंस्थाका प्रतिनिधिहरुको बैठक आह्वान गरेको छ। बैठकले उपसमितिहरु बनाउने बताइएको छ।

माघी महोत्सव एकै ठाउँमा मनाउन देश विदेशबाट केन्द्रीय समितिलाई दबाब आएको थियो। राजधानीमा बसेका युवाहरुले प्रेसर ग्रुप नै बनाएर उपत्यका समितिले संयोजन लिनुपर्ने माग गर्दै आएको थियो। उपत्यका समितिले महोत्सवको रकम पारदर्शी नगरेको भन्दै थारु विद्यार्थी समाजले विगत दुई वर्षदेखि छुट्टै माघी महोत्सव मनाउँदै आएको थियो।













