नयाँ वर्षमा किम जोङको ट्रम्पलाई चेतावनीः परमाणु बमको स्वीच मेरो डेस्कमा हुनेछ
काठमाडौं, १७ पुस । उत्तर कोरियाले नयाँ वर्षको अबसरमा सन्देश दिएको छ। सर्वोच्च नेता किम जोङ उनले नयाँ वर्ष २०१८ को शुभ कामना सन्देश दिँदै वर्षभरी परमाणु बमको स्वीच आफ्नो डेस्कमा हुने बताएका छन् ।
नेता उनले २०१८ मा अमेरिकाले निहु खोजे कुनैबेला पनि अमेरिकामाथि क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएका छन् । उनले अमेरिका पूरै आफ्नो परमाणु हतियारको दायराभित्र रहेको समेत बताएका छन् । ‘यो धम्की होइन, वास्तविकता हो’ सरकारी टेलिभिजनमा बोल्दै नेता उनले भने ।
उत्तर कोरियाको सरकारी संचारमाध्यमहरुका अनुसार पहिलो पटक छिमेकी दक्षिण कोरियाप्रति भने नरम देखिएका उनले संवादका लागि खुला रहेको संकेत दिएका छन् । उनले भने, ‘सोल विन्टर ओलम्पिकमा उत्तर कोरियाले टिम पठाउन सक्छ ।’
मिसाइल परीक्षण र परमाणु कार्यक्रममा कारण उत्तर कोरियामाथि थुप्रै प्रतिवन्ध लागिसकेको छ । तर, त्यसको कुनै परवाह नगरी उत्तर कोरियाले परमाणु परीक्षण गरिरहेको छ ।
नोभेम्बर २०१७ मा हृवासोङ( १५ मिसाइलकमो परीस्क्षण गरेको थियो, जुन ४४७५ किलोमिटरसम्म गयो । यो अन्तराष्ट्रिय अन्तरीण स्टेसनभन्दा दश गुणा बढी उचाई हो ।













