संक्रमणकालिन न्यायलाई जबाफदेही बनाउन सञ्जाल गठन

कैलाली, १६ पुस । महिला कानुन र विकास मञ्चको संयोजकत्वमा समाबेशी मेलमिलाप र द्धुद्ध निरुपणकोलागि कैलालीमा जिल्ला सञ्जाल गठन गरिएको छ ।

द्धन्द्ध प्रभावित, कानुन व्यवसायी र पत्रकारहरुलाई समेटिएर सो सञ्जाल गठन गरिएको हो । डा. जानकी तुलाधरले संयोजन गरेको सञ्जालको संयोजक द्धन्द्ध प्रभावित गणेश मल्ल रहेका छन् ।

त्यसै गरि सदस्यमा अधिवक्ता तथा द्धन्द्ध प्रभावित इन्द्र प्रसाद लेखक, द्धन्द्ध प्रभावित कृति चौधरी, दिपक मल्ल, दिनेश चटौट, हिरा सार्की, इन्सेकका कृष्णा विक, जनप्रतिनीधि कल्याणी हमाल र पत्रकार उन्नती चौधरी रहेका छन् ।

सञ्जालले शान्तीकोलागि सामुदायिक सहकार्र्य परियोजना दुई वर्ष सम्म सञ्चालन गर्ने इन्टर नेश्नल एलर्टको प्रोजेट म्यानेजर मान बहादुर भण्डारीले बताए । उनले सो परियोजना कैलाली, बर्दिया, बाँके र दाङमा लागु गर्ने बताउदै परियोजनाले दुई वर्षको अवधिमा द्धन्द्ध प्रभावितको सवालमा वकालट र उनीहरुको क्षमता अभिबृद्धि गर्ने योजना रहेको बताए ।

उनले संक्रमणकालिन न्यायले द्धन्द्ध प्रभावितहरुको मुद्धालाई कसरी सम्बोधन गर्दैछ भन्ने विषयमा खोजिनीति गर्ने र जबाफदेही बनाउने लक्ष्य रहेको बताए ।

उनले सञ्जाल मार्फट दुई वर्ष सम्म द्धन्द्ध प्रभावितहरुको डकुमेन्ट्री तयार गर्ने, ईतिहास जोगाउनकोलागि लिखित स्टोरी तयार गर्ने, द्धन्द्धको बेला घटेका द्धटनाको सम्झनाकोलागि शान्ति स्मारिका स्थापना गर्ने जस्ता गतिविधिहरु गर्ने लक्ष्ये रहेको बताए ।

भण्डारीले संक्रमणकालिन न्यायले द्धन्द्ध पीडितको मुद्धाप्रति उत्तरदायी बनाउदै सामुदायमा हुने गरेका मुद्धाहरुको पनि सम्बाद र मेलमिलापको लागि सहजीकरण गर्ने बताए ।