भादा महोत्सवको सातौं संस्करण पुस १९ देखि
कैलाली, १३ पुस । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले ‘संरक्षण सम्बद्र्धनके लाग सक्कु जाने करी काम । संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ यहि पुस १९ देखि २३ गतेसम्म थारु होमस्टे गाउँ भादा महोत्सव २०७४ सञ्चालन गर्ने भएको छ ।

भादा होमस्टेले २०६८ सालदेखि निरन्तर भादा महोत्सव सञ्चालन गर्दै आएको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मी नरायाण चौधरीले विहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलन मा जानकारी दिए ।
उनले विगतमा भादा महोत्सब जनबरी १ देखि ५ सम्म हुने भएपनि यसपालि विबिध कारणले महोत्सवको सातौं संस्करा जनवरी ३ देखि ७ सम्म सञ्चालन गर्ने बताए । महोत्सको सबै तयारी तिब्र गतिमा भईरहेका जानकारी दिदै तयारीको लागि ११ वटा उपसमिति गठन गरी कामको जिम्मेवारी बाँडफाँड गरेको बताए ।

संयोजक चौधरीले थारु गाउँ भादा होमस्टे सञ्चालन भएदेखि लोप हुन लागेको थारु समुदायको सिप, कला संस्कृति, भाषा खानपीन, सम्पदा र प्राकृतिक स्रोतको सदुपयोग गरी समुदायको आर्थिक तथा सामाजिक स्तरमा अभिबृद्धि गर्दै थारु जातीको पहिचानलाई पर्यटन व्यवसाय मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनको लागि होमस्टे तथा महोत्सव संचालनमा ल्याएको बताए ।
उनले थारु गाउँ भादामा बाह्रय पर्यटक भित्रियाउनलाई धेरै चुनौती भएको बताउदै गेटा विमान स्थललाई अन्तर्राष्ट्रिय विमान स्थल र गौरी फन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाकोरुपमा विकास गर्न अतिआवश्यक रहेको बताए ।
उनले महोत्सवको आकर्षणः हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय थारु नाचगानको प्रस्तुती जस्तै सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की, मुङग्रहुवा, गुरुवा ओ आधुनिक थारु नाचगान तथा सजना, मैना, धमार, बरकीमार, लग्नी, कठमैया, विरहनी गीतको प्रस्तुती लगायत राना थारु कठरिया थारुहरुको नाचगानको प्रस्तुती हुने बताए ।

त्यसै गरी हास्यव्यंग्य कलाकारहुक्रनको प्रस्तुतीसंगै विशिष्ठ व्यक्तिहरुलाई सम्मान तथा स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्ने, उत्कृष्ट गेट तथा उत्कृष्ट स्टललाई पुरस्कार, थारु खानपानको परिकार जस्तै ढिक्री, खरिया, फुलौरी, अण्डीक भात, खर्मा, पनझझरा, कचरीक बरिया, घोंघी, गेङटा, सुटही, मुसक पकुवा, सिध्रा, महुँवक दारु, चौरक दारु, निधार लगायत तमान खाना नास्ताको परिकार महोत्सबको आकार्षण रहने बताए ।
महोत्सबमा खेलकुद जस्तै तिरबार, मुर्गा निशान, साइकल स्लो, भलादमी दौड, भलिबल समेत रहने संयोजक चौधरीले जानकारी दिए













