धनगढी उपमहानगरपालिकामा लागेको तालाका विषयमा छलफल
कैलाली, १२ पुस । धनगढी उपमहानगरपालिकामा कर्मचारी नभेटिएको भन्दै सेवा ग्राहीले हिजो ताला बन्दी गरेपछि उपमेयर सुशिला मिश्र भट्टले उपमहानगरका अधिकृत तहका कर्मचारीहरुसंग त्यस विषयमा छलफल गरेको बताएकी छिन् ।
धनगढी उपमहानगरपालिकामा सामान्य तोक लगाउँन समेत कर्मचारी नभेटिएको गुनासोपछि हिजो सेवा ग्राहीले ताला बन्दी गरेको विषयमा आज उपमेयर भट्टले सवै कर्मचारी संग सोधपुछ गरेको बताईन् ।
उनले सोधपुछका क्रमका निमित्त कार्यालय प्रमुख जिल्ला प्रशासनको वैठक र प्रशासकिय अधिकृत तालिममा गएपनि अन्य कर्मचारी कार्यालयमा नै भएको बताइन् । उपमेयर भट्टले वरिष्ट इन्जीनियर द्धिजराज भट्ट उर्मा फिल्डको काममा गएपनि अन्य ३ जना इन्जीनियर र अधिकृत लेखनाथ ओझा कार्यालयमा रहेको उनको भनाई छ ।
सेवाग्राहीको काम नहुदाँ दवाव दिन तालाबन्धी गनु स्वभाविक भएपनि हिजोको तालाबन्धी केहि प्रतिसोधको भावनाले लगाईएको उप मेयर भट्टले बताईन् । आगामी दिनमा कुनै पनि कर्मचारीले सेवा ग्राहीको काम कन्जुस्र्या गर्न नहुने र कार्यालय बाहिर जादाँ जानकारी पुस्तीका उल्लेख गरेर जानु पर्ने कुरामा छलफल भएको उपमेयर भट्टको भनाई छ ।













