कानुनी जटिलताको कारण स्थानीय तहलाई काम गर्न समस्या
कैलाली, १२ पुस । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ७ महिना वितेपनि कानुनी कानुनी समस्याको कारण स्थानीय तहलाई काम गर्न गाह्रो भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।
राज्य पुर्नसंरचना सहित स्थानीय तहलाई शक्तिशाली निकायको रुपमा स्थापित गर्न संविधानले २२ वटा अधिकार दिएको भएपनि नीतिगत रुपमा बाझिएका कारण काम गर्न समस्या भएको हो ।
स्थानीय सरकारको अधिकार र जिम्मेवारीका सम्बन्धमा फाया नेपाल र घोडाघोडी नगरपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखले कानुनी अड्चनका कारण काम गर्न समस्या भएको बताए ।
कैलालीको कैलारी गाउँ पालिकाका अध्यक्ष लाजुराम चौधरीले कानुनको अभावमा संविधानले ब्यवस्था गरेका कतिपय अधिकारको उपयोग गर्दा विकासका काम गर्न स्थानीय तहलाई गाह्रो पर्ने भएको बताए । उनले भुमिकर, वन र शिक्षा सम्बन्धी काम गर्न जटिलता भएको बताए ।
त्यसै गरि कैलालीको घोडाघोडी नगरपालिका मेयर ममता प्रसाद चौधरीले स्थानीय तहको कानुनी जटिलताका कारण चुनौति बढ्दै गएको बताए ।
उनले संविधानले तोकेको अधिकार नै नीतिरुपले वाझिएको बताउदै आफूहरुलाई काम गर्न समस्या भईरहेको जानकारी दिए । प्रदेश सरकारले कानुन नबनाई सकेको अवस्थामा केहि कानुन थप्नुपर्ने तथा केहि कानुन परिवर्तन गर्न आवश्यक रहेको उनको भनाई छ ।
स्थानीय तहमा काम गर्ने सवालमा वन र भुमि सम्बन्धी समस्या भजनी नगरपालिकामा बढी देखिएको भजनी नगरपालिका मेयर सेर बहादुर चौधरीले बताए । उनले सुकुम्बासी, भुमिहिनका कारण वन क्षेत्र बढी अतिक्रमण भईरहेका कारण कानुनी समस्याले यसमा काम गर्न चुनौत रहेको बताए ।
स्थानीय सरकार संचालन ऐन २०७४ ले गाउँपालिका र नगरपालिका लाई २२ वटा अधिकार प्रदान गरेपनि प्रदेश र प्रदेश सभाका कानुन निर्माण हुन नसकेकाले काम गर्न समस्या भएको वरिष्ट अधिवत्ता राजेन्द्र बहादुर साउँदले बताए ।
उनले अहिलेको अवस्थामा निर्माण गरिएका कानुन लाई कार्यान्वयन गदै अगाडी बढ्नु पर्ने बताए । शिक्षा, मालपोत, वन र स्वास्थ्य क्षेत्रका विज्ञहरु संग स्थानीय तहले समन्वयन काम गनु अहिलेको आवश्यकता रहेको उनको भनाई छ ।
स्थानीय तहको अधिकार कार्यान्वयनमा तत्काल देखा परेका कानुनी अड्चनले समस्या पैदा गरेपछि ७ महिना सम्म विकास निर्माणले गति लिन सकेको छैन् । त्यसैले यसको समाधानका लागी कैलालीका १३ वटै स्थानीय तहका प्रमख र उप प्रमुखलाई अभिमुखिकरण गर्ने आवश्यक देखिन्छ













