सुत्केरी तथा गर्भवति महिलालाई न्यानो लुगा वितरण
कैलाली, १२ पुस । ओरेक नेपाल कैलालीको समन्वयनमा रेडक्रस नेपालले एक सय जना गर्भवति तथा सुत्केरी महिलाहरुलाई सुत्केरी किट सहित न्यानो लुगा वितरण गरेको छ ।

२०७४ साउन २८ र २९ गतेको अविरल वर्षले बाढी प्रभावित बनेको सुत्केरी तथा गर्भवति महिलाहरुलाई जाडो छल्न सो सामाग्री वितरण गरेको ओरेक नेपाल कैलालीका संयोजक विणु रानाले बताईन् ।
उनले बाढी प्रभावित क्षेत्र साविक भजनी, लालबोझी, खैलाड र थापापुर गाविसका एक सय भन्दा बढि सुत्केरी तथा गर्भवति महिलाहरुलाई स्नेह केन्द्र खोलेर ३ महिना सम्म सुरक्षित राखेको बताईन् ।

बाढी प्रभावित महिला सुत्केरी, गर्भवति महिलाहरुलाई घर फर्किनेबेला प्रमार्श दिएर घर फर्काएको रानाले जानकारी दिए । रानाले बाढी प्रभावित सुत्केरी महिलालाई न्यानो कपडाको आवश्यक रहेकोले उनीहरुलाई सो सामाग्री वितरण गरेको बताईन् ।
सामाग्री वितरण कार्यक्रममा भजनी नगरपालिकाका उपमेयर छाया देवकोटाले नगरपालिकाले गर्न नसकेको काम ओरेक नेपालले गरिदिएकोमा धन्यवाद ज्ञापन गरिन् ।
उनले नगरपालिकाले नियमित चेकजाँच गराउने गर्भवति महिलाहरुलाई प्लस ६०० रुपैया थप गरि १५ सय सुत्केरी भत्ताको व्यवस्था गरेको जानकारी गराईन् ।













