तेश्रो थारु साहित्यिक मेला बर्दियाको बढैयामा

बर्दियाको बढैयागाँउमा राष्ट्रिय थारु साहित्यिक मेला हुने भएको छ ।

थारु लेखक संघको आयोजना जंग्रार साहित्यिक बखेरी र कर्मशिल नेपालको संयोजनमा आगमी माघ ४, ५ र ६ गते राष्ट्रिय थारु साहित्यिक मेला २०७४ सञ्चालन हुन लागेको हो ।

थारु साहित्यिक मेला २०७४ मुल आयोजक समितिले आज गुलरियामा पत्रकार सम्मेलन गरी थारु साहित्यिक मेला गर्नुको आवश्यकता उदेश्य तथा मेलामा हुने बहस, छलफल तथा अन्तरक्रिया हुने आयोजकले जनाएको छ।

तीन दिनसम्म सञ्चालन हुने साहित्यिक मेलामा थारु भाषा, साहित्य, कला संस्कृति प्रबर्द्धन ठूलो योगदान पुर्याउने, समकालिन साहित्य, कला तथा संस्कृतिबारे बहस तथा परिशीलन गर्ने, लेखक तथा श्रष्टाहरु र सरोकारवालाहरु वीच सुमधुर सम्बन्ध स्थापित गर्ने, थारु भाषा लेखनमा मानकताको विकास गर्ने, समाजको समविकास बारे वहस छेड्ने उदेश्यले कार्यक्रम गर्न लागिएको कर्मशील नेपालका अध्यक्ष शुशिल चौधरीले जानकारी दिनुभयो ।

मेलामा थारु लोक साहित्य बारे चर्चा, समकालिन तथा थारु साहित्य र त्यसका प्रवृतिहरु, थारुलोक कला र दर्शनको एकदृष्य, थारु रंगमंचको बाटो, नाटक र चलचित्र समिक्षात्मक टिप्पणी, थारुसाहित्यमा महिला लेखकको खडेरी किन, अब के गर्ने रु, बर्दिया बिकास बहस र बहुभाषिक वितावाचन चैनार महटान / अंगना जस्ता छलफलका मुल विषयवस्तुहरु रहने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।