धनगढी उप महानगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा
कैलाली, १० पुस । धनगढी उपमहानगरपालिकाका ३१ हजार ९ सय १६ परिवारको घरमा शौचालय निर्माण भएपछि उपमहानगरलाई खुला दिसामुक्त घोषणा गरिएको छ ।
कैलालीलाई सन् २०१५ भित्रै खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्ष्य रहेपनि नगरपालिकाले २०१७ मा आएर खुला दिसामुक्त घोषणा गएिको छ ।
२०६८ को जनगणना अनुसार १ लाख ४२ परिवारमध्ये कैलालीमा अझै ५ सय घरमा शौचालय बन्न बाँकी रहेको तथ्यांक छ ।
कैलालीका १३ वटा स्थानीय तह मध्ये ४ वटा खुल्ला दिशा मुक्त घोषणा हुन बाँकी रहेको खानेपानी तथा सरसरफाई डिभिजका कार्यालका इन्जिनियर दल बहादुर शाहीले बताए ।
गोदावरी नगरपालिका र जानकी गाउँ पालिकालाई भोली खुल्ला दिशामुक्त घोषणा गर्ने कार्यक्रम छ । जोशीपुर र लम्की चुहा नगरपालिकामा शौचालय निर्माणको काम अन्तिम चरणमा रहेकाले २० गते भित्र सवै स्थानिय तह र पुस महिना भित्र कैलाली जिल्ला नै खुल्ला दिशामुक्त हुने इन्जिनियर शाहीले बताए ।
सन् २०१५ भित्र कैलाली जिल्ला लाई खुला दिशामुक्त जिल्ला घोषणा गर्न लक्ष्य भएपनि विभिन्न कारणले हाल सम्म हुन सकेको छैन् ।
कैलाली जिल्लामा बढ्दै गएको अब्वस्थीत बसोवास, सुकुम्बाकी समस्या, प्रति जग्गा लगायतका कारणले समयमा खुल्ला दिसामुक्त जिल्ला हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजनले जनाएको छ । प्रदेश नम्बर ७ का ९ जिल्ला मध्ये कैलाली, र वैतडी अझै खुल्ला दिशा मुक्त हुन सकेका छैन् ।













