टिकापुर घटनाको मुद्धा फैसलामा ढिलाई गरे परिस्थिति जटिल बन्ने त्रास
धनगढी, १० पुस । दुई बर्ष अघि कैलालीको टिकापुरमा भएको घटनाको मुद्धालाई फैसला गर्न ढिलाई गरे परिस्थिति जटिल बन्ने देखिएको छ ।

टीकापुर घटनाले कैलालीमा थारु पहाडी बिचको खाडल ठूलो बनाई दिएको थियो तर पछिल्लो चरणमा पुनः सदभाव कायमै भएपनि सरकारले चाडो फैसला गर्न नसकेको कारण फेरी परिस्थिति बदल्न सक्ने ठूलो सम्भावना देखिएको कैलालीको कानुन व्यवसायीहरुले बताएको छन् ।
अढाई बर्षदेखी हिंसात्मक घटनाका आरोपीतलाई पुर्पक्षका लागि थुनामा राख्नु उनिहरुको मानव अधिकारको उलंघन भएको भन्दै यथासक्य चाडो फैसला गर्न कानुन व्यवसायीहरुले माग समेत गरेका गरेका छन् ।
उनिहरुले मुद्धाको फैसलामा अझै ढिलाई गरे परिस्थिति झनै जटिल बन्दै जाने बताएका छन ।
एक नावालक र नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जना प्रहरीको ज्यान गएको थियो भने दोस्रो दिन कर्फूयूको विचमा थारुहरुको घर छानी छानी जलाईएको थियो । यस्तो घटनाको छिनोफानो राज्यले चाडो गर्नु पर्ने बताए नेपाल बार एसोसिएसन कैलालीका अध्यक्ष प्रेम चन्द।
उनले मुद्धाको छिनोफानो गरी फैसला गर्नुपर्ने बताउदै ढिलाई हुदा थुनामा रहेकाहरुको मानवअधिकार उल्लघन हुने बताए । टिकापुर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २५ जनाका नाममा कर्तव्य ज्यान सहितका मुद्धा दर्ता गरेको छ । उनिहरु मध्ये मुख्य योजनाकार भनिएका रेशम चौधरी लगायत ३१ जना फरारको सुचीमा रहेका छन् ।
२५ जनालाई पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा राखिएको छ तर लामो समयसम्म पुर्पक्षका लागि थुनामा राख्न नमिल्ने भएकोले मुद्धाको फैसला चाडो गर्न अधिवक्ता डाक्टर जानकी तुलाधरले बताईनु् ।
टिकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी अहिले प्रतिनिधि सभामा बिजयी भएका छन् । तर उनलाई निर्वाचन आयोगले बिजयी भएको प्रमाणपत्र दिन मानेको छैन । यस्तो अवस्थामा मुद्धाको फैसला चाडो भईदिए असहज परिस्थीतीको अनत्य हुने भएकोले चाडौ फैसला गर्नुपर्ने नेपाल वार एसोसिएसन कैलालीका सचिव हिमालय बिक्रम बिष्टले बताए।













