प्रेसमाथि प्रहरी हस्तक्षेप भएको आरोप

काठमाडौँ, ९ पुस । प्रेस चौतारी नेपालले नेपाल प्रहरीले समाचारको विषयलाई लिएर पाँच जना सम्पादकलाई पत्र काटेकोमा हस्तक्षेपको आरोप लागएको छ ।

राजेश राईले ललितपुर–१ बाट नवनिर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालविरुद्धको मुद्दा छानविन गर्ने क्रममा सञ्चारमाध्यमलाई पत्र काटनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप भएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘प्र्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र काटिनुु र पत्रकारको कल डिटेल मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप हो । ̕

काउन्सिलको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरेको उल्लेख छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले रोशन खड्का काठमाडौँ पाटी डटकम, रवि धामी मूलधारन्यूज डटकम, मदनबाबु भण्डारी सुशासन डटकम, खिलानाथ ढकाल शुभदिन डटकम र रोशन पाण्डे जनप्रहार साप्ताहिक अपराध खबर डटकमलाई सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै पत्राचार गरेको छ ।