सुदूरपश्चिम महोत्सवबाट ८० लिटर रक्सी बरामद
धनगढी, ९ पुस । सुदूरपश्चिम महोत्सवमा मदिरा विक्रि वितरणमा प्रतिबन्ध गरिएपनि प्रहरीले हाल सम्म २ पटक महोत्सव स्थलबाट ठुलो परिणाममा मदिरा बरामद गरेको छ ।
केहि दिन पहिले एक सय लिटर मदिरा बरामद गरेको प्रहरीले आज पनि ८० लिटर मदिरा सहित एक दर्जन मदिरा सेवन गरिरहेका मानिसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम महोत्सव लाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न कैलाली उद्योग वाणिज्य र स्थानीय प्रशासनले महोत्सव स्थलमा कुनै पनि प्रकारका मदिरा विक्री वितरण गर्न नपाईने सुचना दिएपनि ब्यापारीले प्रहरीको आँखा छली मदिराको कारोबार गर्दै आएको छ ।
बरामद गरिएको ८० लिटर मदिरा जिल्ला प्रहरी कार्यालय कैलालीमा लिएर नष्ट गरिएको मदिरा टोलिका प्रहरी प्रमुख प्रहरी निरिक्षक राम बहादुर चन्द्रले बताए । उनले मदिरा सेवन गरी महोत्सव स्थलमा झै–झगडा हुन थालेपछि प्रहरीले छड्के चेक जाँच बढाएको जानकारी दिए ।













