गोजुरियो कराँते दो को तयारी पुरा

धनगढी, ९ पुस । पुस १२ देखि धनगढीमा आयोजना हुन लागेको आठौं अन्तराष्ट्रिय कराँते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते दो संघले जनाएको छ ।

गोजुरियो कराँते दो (युजेनकाई) को विकासका लागी यस क्षेत्रमा प्रतियोगिता हुदै आएको प्रतियोगिताका संयोजक तथा गोजुरियो कराँते दो (युजेनकाई) संघका केन्द्रीय महासचिव प्रकाश चन्दले बताए ।

अन्तराष्ट्रिय कराँते प्रतियोगितामा छ देशका छ सय महिला तथा पुरुष खेलाडीको सहभागिता रहने उनको भनाई छ । प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र भुटानका खेलाडीहरूको सहभागिता रहनेछ ।

आठौं अन्तराष्ट्रिय कराँते प्रतियोगिताले यस क्षेत्रको पर्यटन ब्यवसायमा समेत महत्वपुर्ण भुमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।

प्रतियोगिताका संयोजक तथा गोजुरियो कराँते दो (युजेनकाई) संघका केन्द्रीय महासचिव प्रकाश चन्दले प्रतियोगितामा सहभागि खेलाडीहरु लाई दोधारा झुलुङगे पुल, कर्णाली पुल र श्रीलंका खेलाडी लाई गौतम वृद्ध जन्मस्थल लुम्बीनी भ्रमण गरिने उनले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार, द्वितीय पुरस्कार ३१ हजार र तृतीय पुरस्कार २१ हजार प्रदान गरिने छ ।