भन्सार छलि गरी ल्याउदै गरेको सामान बरामद
कैलाली, ७ पुस । भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको सामान प्रहरीले धनगढी उपमहानगर पालिका वडा नम्बर २ भएर नेपाल भित्राउदै गर्दा पक्राउ गरेको छ ।
त्रिनगर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक जिवन गुरुङको नेत्रित्वमा खटिएको टोलिले उक्त सामान बरामद गरेको हो ।
से ४ प २३ नम्बरको मोटरसाईकलमा बिस्तरा बनाउने कपडा, चिनि, मिस्री, नटबोल्ड लगाएतका २ लाख बराबरका सामान बरामद गरेको गुरुङले जानकारी दिए ।
उनले मसानघाट हुदै भारतबाट भन्सार छलेर सामान आयात हुने गरेको स्थानियले जानकारी दीएपछि सो क्षेत्रमा कडाई गरीएको बताए । प्रहरी सहायक निरीक्षक गुरुङले पक्राउ गरेको उक्त सामान भन्सार कार्यालयमा बुझाएको बताए ।













