उपाधिकालागि आयोजक र पिएफए अत्तरिया भिड्दै
धनगढी, ७ पुस । फारवेष्ट पशुपति कपको उपाधिकालागि आयोजक फारवेष्ट पशुपति युवा क्लव र पिएफए अत्तरिया भोली धनगढी रंगशालामा ड्दिै छन् । मंसिर २८ गतदेखि सुरु भएको प्रतियोगिताको उपाधिकालागि आयोजक फारवेष्ट पशुपति र पिएफए अत्तरिया भिड्न लागेका हुन ।

पहिलो संस्करणको विजेता हसनपुर युवा क्लव भएकोमा दोस्रो संस्करणमा सुदुरपश्चिम ११ स्पोर्टस क्लव विजेता वनेका थिए । तेस्रो संस्करणको विजेताका लागि भोलि हुने खेलमा दुवै टोलीले उपाधि जित्ने दावी गरेका छन् ।
छैटौ राष्ट्रिय खेलकुद प्रतियोगितामा उपाधि जितेका खेलाडीहरुको टीम अर्थात फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको उपाधिकालागि सो खेलमा भिड्न लागेका हुन ।
फाईनल प्रतिस्पर्धा निकै रोमाञ्चक हुने आशा गरिएको छ । पिएफए अत्तरिया डिफेन्डिङ च्याम्पीयन सुप ११ लाई सेमिफाईनलमा हराएका कारण उच्च मनोवलका साथ मैदानमा उत्र्रिनेछ भने आयोजक फारवेष्ट पशुपति पनि सेमिफाईनलमा पाएको ७ गोल अन्तरको फराकिलो जितवाट प्रेरणीत भएर उपाधिका लागि भिड्नेछ ।
पिएफए अत्तरीयामा दुई जना विदेशी खेलाडी रहेका छन भने चार जना वाहेक अन्य खेलाडीहरु ए डिभिजन लिग खेलका खेलाडीहरु रहेका छन । मिडफिल्डर यु १९ नेपाली टीमका अभिशेष रिजाल दोहोरो पहेलोको कार्ड पाएका कारण फाईनल गुमाउँदा उन्को स्थानमा यु १९ का अर्का खेलाडी दिनेश योञ्जन मैदानमा जानेछन ।
सवै खेलाडीहरु फिट भएको र तीन खेलपछि खेलाडीहरुमा तालमेल मिलेकोले उपाधि जित्ने पिएफए अत्तरीयाका कप्तान गजेन्द्र शाहीले वताए ।
आयोजक फारवेष्ट पशुपति युवा क्लव भने तीन वटै सिजनमा फाईनलसम्म पुगेको छ । तर अघिल्लो दुवै सिजनमा उपाधि भिडन्तमा पराजित भएको आयोजकको टीमले यसपाली भने उपाधि उचाल्ने रणनितिका साथ मैदान उत्र्रिने जनाएको छ । तीन जना विदेशी खेलाडी र त्यसमा पनि एक जना ए डिभिजनको सशक्त क्लव थ्रीस्टारवाट खेलिसकेका भएका कारण यसको फाईदा आयोजकको टीमलाई पुग्ने आयोजक फारवेष्ट पशुपति युवा क्लवका कप्तान नवीन सिंहले वताए ।
कम उमेर समुहका खेलाडी भएपनि छरिता र फुर्तिला खेलाडीहरुको प्रदर्शनले आयोजकलाई उपाधि रक्षा गर्न मदत्त मिल्ने उनको भनाई छ ।
धनगढी रंगशालामा शनिवार दिउसो हुने उपाधि भिड्न्तका लागि तयारी पनि गरिसकिएको आयोजकले जनाएको छ । शुक्रवार धनगढीमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । ट्रफी सार्वजनिक पछि आयोजक फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावतले उपाधि भिडन्तको प्रतिक्षामा रहेको वताए ।
झण्डै ५ लाख नगद पुरस्कार राशी रहेको फारवेष्ट पशुपति कपको विजेताले नगद तीन लाख र उपविजेताले नगद डेढ लाख प्राप्त गर्नेछन । विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीहरुले जनही १०/१० हजारका दरले नगद पुरस्कार पाउनेछन । त्यो कस्को पोल्टामा जाने हो त्यसकाल लागि फाईनल खेलको प्रतिक्षा गर्नुको विकल्प छैन ।













