कालीकोटमा गोली चल्यो, एक जनाको मृत्यु

कालीकोट, ७ पुस । कालीकोटमा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । म्यादी प्रहरीले तलव कटाइएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच झडप भएको हो ।

प्रदर्शनले उग्र रुप लिदा प्रहरीले लाठ्ठी चार्ज र अश्रु ग्यास प्रहार गरेको थियो । त्यसपछि पनि स्थिति नियन्त्रणमा नआउदा प्रहरीले गोली चलाएको हो।

प्रहरीले चलाएको गोली लागि सान्नी त्रिवेणी गाउँपालिका तिकुवा निवासी विवेक ऐडीको मृत्यु भएको छ । उनी म्यादी हुन या त अरु भन्ने बुझिएको छैन ।

एक जनाको मृत्यु भएको खबर आएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । गोली लागेपछि एेडीलार्इ जिल्ला अस्पताल पु¥याइएको थियो ।

प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार विदाई भएका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि झडप भएको बताए ।

झडपमा अरू पनि घाइते भएको प्रत्यक्षदर्शि समेत रहेका पत्रकार रत्न कार्कीले जानकारी दिए । एेडीको मृत्यु भइसकेपनि प्रशासनले पुष्टि गर्न नमानेको बताए ।

कार्कीका अनुसार म्यादी प्रहरीले ढुंगामुढा गरेपछि प्रहरीका तर्फबाट अन्दाधुन्धा गोली प्रहार भएको थियो ।